मुख्य समाचार
नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति निन्दा व्यक्त
नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति निन्दा व्यक्त

। नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति निन्दा व्यक्त गरेको छ । सोमबार साँझ महासंघका महासचिव रामप्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार रहेको भनेका छन् ।

‘गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिनेजस्ता गतिविधि बढिरहेको प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले महासंघलाई जानकारी गराउनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाइ छ । यस प्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ ।’

महासंघले प्रेस विरोधी व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बद्ध पक्षसँग माग गरेको छ ।

‘साथै, पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट निवेदन औचित्यहीन भनी टिप्पणी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै पेश गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध परेको निवेदनको सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले अदालत प्रशासनले गरेको दरपीठलाई स्वाभाविक भनेको हो ...
। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न जार तथा बोतलका पानी उद्योगमा अनुगमन गरी कारबाही अघि बढाएको छ । विभागले कागेश्वरी मनोहरा र गोठाटार क्षेत्रमा गरेको अनुगमन क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका ४ वटा पानी उद्योगबाट १ सय ४९ वटा पुराना, कुच्चिएका र फुटेका जार नष्ट गरिएको छ । विभागका अनुसार ती उद्योगले फुटेका र ...
। सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले ४७५ किलोग्राम गाँजा बरामद गरेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी ...
। प्राध्यापक र कर्मचारीलाई बाहिर काम गर्न अनुमति दिने त्रिविको विनियम नै नियम विपरीत भएकोले खारेज गर्न एक वर्ष अघि नै राष्ट्रिय सभाले निर्देशन दिएको पाइएको छ । त्यो निर्देशन पछि पनि विनियम मार्फत प्राध्यापक र कर्मचारीहरूले स्वीकृति लिएर बाहिर काम गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई आंशिक रूपमा बाहिर काम गर्न अनुमति ...
। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले कानुनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुनका विद्यार्थीलाई इन्टर्नसिपका लागि ठूलो समस्या भएको उल्लेख गरे । साथै, सो समस्या समाधान हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग ...