। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रतिनिधिसभामा सम्भवत: एक हप्ताभित्रै आउने भएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सम्भवत: एक हप्ताभित्रै संसद्मा आउने बताएका हुन् ।
पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेको स्मरण गर्दै उनले प्रतिनिधिसभा बैठकलाई यस्तो आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ’, उनले भनेका छन्, ‘प्रधानमन्त्री ज्यू सदनमा आउनुहुन्छ । सम्मभवत एक हव्ताभित्रै सदनमा आउने जानकारी गराउँदछु ।’