। ३० लाख नगद र खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं बुद्धपार्क बस्ने ४२ वर्षीय कुमार लामा छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीबाट काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनीबाट १२२ ग्राम खैरो हेरोइन, अन्य औषधीजन्य लागु औषधहरु, ३० लाख १७ हजार २४५ नगद बरामद भएको छ ।