। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलस्थित तरकारी मण्डी क्षेत्रमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
मकवानपुरकाे मनहरी गाउँपालिका-३ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीमा डेरा गरी बस्दै आएका अन्दाजी ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी श्रीमती अन्दाजी ४२ वर्षीया ओमकुमारी भुजेललाई कुटपिट गरी गम्भीर घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान साढे १० बजे प्रहरी चौकी चौकिटोलबाट खटिएकाे प्रहरी टोलीले गम्भीर अवस्थामा रहेकी महिलाको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियाे ।
अस्पतालले मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार मृतकको मुख, दुबै हातखुट्टा तथा ढाडमा निलडामसहित चोटपटक देखिएको छ । घटनामा संलग्न श्रीमान रामलाललाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान गरिरहेको जनाईएको छ ।