मुख्य समाचार
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र सिजाङ उपाध्यक्ष झाओ पेङबीच भेटवार्ता
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र सिजाङ उपाध्यक्ष झाओ पेङबीच भेटवार्ता

। राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको थियो ।

उपाध्यक्ष भण्डारीले नेपाल र चीनबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता तथा पारस्परिक संवेदनशीलताको सम्मानमा आधारित उत्कृष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले ‘एक–चीन सिद्धान्त’ प्रति दृढ प्रतिबद्धता जनाइन् ।

साथै, नेपालको भूमिबाट चीनको हित विपरीत कुनै गतिविधि हुन नदिने प्रतिबद्धता पनि दोहोर्‍याइन् ।

सिजाङसँगको सहकार्यबारे चर्चा गर्दै उनले व्यापार, पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति खुसी व्यक्त गर्नुभयो। हाल सिजाङ र नेपालबीचको व्यापारले नेपाल–चीन कुल व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेको जानकारी दिँदै सन् २०२५ को पहिलो ६ महिनामा २.१९ अर्ब युआन बराबरको व्यापार भएको र यो अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतले वृद्धि भएको बताइन् ।

उनले नेपाल–सिजाङ आर्थिक तथा व्यापार सहजीकरण समिति को १३औँ बैठक गत जुन २०२५ मा ल्हासामा सफलतापूर्वक सम्पन्न भएको तथा १४औँ बैठक यसै वर्ष काठमाडौंमा आयोजना गर्ने तयारी रहेको जानकारी पनि गराइन्। धुलिखेल नगरपालिका र अली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापना भएकोप्रति समेत उनले खुसी व्यक्त गरिन् ।

अन्तरसंसदीय सहकार्यका विषयमा उपाध्यक्ष भण्डारीले प्रतिनिधिसभा र चिनियाँ राष्ट्रिय जनकांग्रेसबीच सन् २०२२ मा भएको समझदारीपत्रलाई महत्वपूर्ण कोसेढुंगा भएको बताउँदै आगामी दिनमा संघीय संसदमा नेपाल–चीन संसदीय मैत्री समूह गठन गर्ने योजना रहेको जानकारी दिइन् ।

उनले सिजाङले पूर्वाधार विकास, आर्थिक समृद्धि तथा जनजीविकामा हासिल गरेको उपलब्धिले नेपालका लागि थप आर्थिक अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले नेपालको उड्डयन क्षेत्रमा विश्वास पुनर्स्थापना गर्नु नेपाल र ईयू दुवैको साझा उद्देश्य भएको बताएकी छन् । उनले नेपाललाई ईयूको एयर सेफ्टी सूचीबाट हटाउन उड्डयन सुरक्षासम्बन्धी सुधारमा ठोस प्रगति आवश्यक रहेको पनि उल्लेख गरिन् । मे २६ मा नेपाल भ्रमणमा रहेका ईयू सदस्य राष्ट्रका मिसन प्रमुखहरूसँग आयोजित ...
। प्रतिनिधि सभा सदस्य महावीर पुनले ग्रामीण भेगमा सञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार कोषमा थन्किएको रकम तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पुनले कोषमा अर्बौँ रुपैयाँ मौज्दात रहे पनि सरकारले खर्च गर्न नसक्दा ग्रामीण जनता सञ्चार सुविधाबाट बञ्चित हुनुपरेको बताए । ‘गाउँगाउँमा इन्टरनेट र टेलिफोन ...
। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिएको पुष्टि गरे । उनका अनुसार यो अनुमति ८ जेठमै दिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्सका डीएसपी हरिबहादुर बस्नेतले मेयर सिंहविरुद्ध ...
। सङ्खुवासभा मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला परेका छन् । मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर सम्पर्कविहीन भएका थिए । पथप्रदर्शक शेर्पाको शव सोमबार मकालु हाइ क्याम्प क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी नायव ...
। सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डीएसपी सरोज राईका अनुसार सोमबार दिउँसो करिब ४ बजे सीमा स्तम्भ नम्बर ३१७/२ देखि करिब ५० मिटर पूर्वतर्फ दशगजाको डिलमा नेपालतर्फ अन्दाजी ५० वर्ष उमेरका पुरुषको शव फेला परेको हो । मृतकको ...