मुख्य समाचार
सरकारले २९ जना सहसचिवको सरुवा
सरकारले २९ जना सहसचिवको सरुवा

: सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक २९ सहसचिवको सरुवा गरेको हो।

सूचीअनुसार नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, गणेश पौडेललाई मुख्यमन्त्री कार्यालय कोशी प्रदेश, हेमराज रेग्मीलाई राष्ट्रिय तथ्यांक कार्यालय, लक्ष्मी पाण्डेय गौतमलाई गृह मन्त्रालय, कृष्ण पौडेललाई गृह मन्त्रालय, प्रदीप कुमार कोइरालालाई गृह मन्त्रालय, पवन कुमार तिमिल्सेनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, योगेन्द्र प्रसाद दुलालाई भूमि व्यवस्था मन्त्रालय र सुशील ढकाललाई भूमि मन्त्रालयमै सरुवा गरिएको छ।

त्यस्तै रामकुमार महतोलाई भूम व्यवस्था मन्त्रालय, रेशमलाल कँडेललाई कलैया उपमहानगरपालिका, राजेश्वर ज्ञवालीलाई प्रदेश प्रमुख कार्यालय कोशी प्रदेश, रोशन ज्ञवालीलाई मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेश, बलराम निरौलालाई गृह मन्त्रालय, प्रदीपराज अधिकारीलाई आदिवासी जनजाति आयोग, युवराज अधिकारीलाई उद्योग मन्त्रालय, मोतिराम सापकोटालाई उद्योग मन्त्रालय र शिव प्रसाद रेग्मीलाई कृषि मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै बाबुराम गौतमलाई भूमि व्यवस्था मन्त्रालय, डा. पुष्पराज शाहीलाई गृह मन्त्रालय, बुद्धबहादुर गुरुङलाई उद्योग मन्त्रालय, कृष्णप्रसाद सापकोटालाई मुख्यमन्त्री कार्यालय कोशी प्रदेश, भूपेन्द्र थापालाई गृह मन्त्रालय, हेमराज तामाङलाई युवा मन्त्रालय, विजयकुमार शर्मालाई विराटनगर महानगरपालिका, टेकबहादर वलीलाई हेटौंडा उपमहानगरपालिका, आरती न्यौपानेलाई भूमि व्यवस्था मन्त्रालय र वसन्त बहादुर बोहोरालाई बीरगन्ज महानगरपालिकामा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ठेक्का तोडिएको करिब ६ महिनापछि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको नयाँ ठेक्का लगाउने तयारी भएको छ। यसै साता नयाँ ठेक्काका लागि टेन्डर आह्वान गर्ने तयारी भइरहेको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ। ‘आयोजनाको ठेक्का प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ र आउँदो सातासम्म यसको प्रक्रिया अगाडि बढ्नेछ। यसपटक ‘डबल इन्भेलप प्रोसेस’ बाट अगाडि बढ्ने तयारी ...
: नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको प्रशिक्षण भेला गर्ने भएको छ । आज र भोलि प्रज्ञा भवन, कमलादीमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखको भेला गर्न लागेको केन्द्रीय कार्यालका मुख्य सचिव गणेश पुनले जानकारी दिए। पुनका अनुसार पार्टीको केन्द्रीय स्थानीय तह विभागद्वारा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को र ...
: मोरङको उर्लाबारीमा चार दिनदेखि हराइरहेकी एक जना महिलाको शव मंगलबार बिहान बक्राहा खोला किनारको काँसघारीमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कन्दङ्वा लिम्बूलाई मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार उर्लाबारी–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा शव देखेपछि स्थानीयले बिहान करिब ७ः४० बजे ...
: काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २१ जना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमै पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई समेत दु:ख हैरानी दिने गरेको सूचनाका आधारमा ठमेलका विभिन्न स्थानमा निगरानी र चेकजाँच गरिएको थियो। सो क्रममा युगान्डा, बंगलादेश, केन्या र भियतनामका महिला ...
: कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रदेशसभाबाट पारित भएको छ । तर, संशोधन दर्ता गर्ने समय नै नदिई सभामुखले हतारमा नीति तथा कार्यक्रम पारित गरेको आरोप लगाउँदै प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गरेका छन् । संशोधन रोकेर नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रतिपक्षीले विरोध गरेपछि प्रदेशसभामा तनावपूर्ण अवस्था सिर्जना भएको ...