मुख्य समाचार
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको प्रशिक्षण भेला गर्ने
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको प्रशिक्षण भेला गर्ने

: नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको प्रशिक्षण भेला गर्ने भएको छ । आज र भोलि प्रज्ञा भवन, कमलादीमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखको भेला गर्न लागेको केन्द्रीय कार्यालका मुख्य सचिव गणेश पुनले जानकारी दिए।

पुनका अनुसार पार्टीको केन्द्रीय स्थानीय तह विभागद्वारा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को र सहसंयोजक माधवकुमार नेपालसमेत सहभागी हुनेछन्। कार्यक्रममा प्रदेश पार्टीका इञ्चार्ज र संयोजक, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख र अध्यक्ष / उपाध्यक्ष पदमा दुवै नेपाली कम्युनिष्ट पार्टीका पदाधिकारी रहेको भए प्रमुख तथा अध्यक्ष ( एक जना मात्र ) को नै सहभागिता हुनुपर्ने र पदाधिकारीमा उपप्रमुख र उपाध्यक्ष मात्र रहेको भए स्वयम्‌को पनि अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइनमार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकताअनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। प्रविधिको बढ्दो प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा यसलाई ...
: ठेक्का तोडिएको करिब ६ महिनापछि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको नयाँ ठेक्का लगाउने तयारी भएको छ। यसै साता नयाँ ठेक्काका लागि टेन्डर आह्वान गर्ने तयारी भइरहेको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ। ‘आयोजनाको ठेक्का प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ र आउँदो सातासम्म यसको प्रक्रिया अगाडि बढ्नेछ। यसपटक ‘डबल इन्भेलप प्रोसेस’ बाट अगाडि बढ्ने तयारी ...
: मोरङको उर्लाबारीमा चार दिनदेखि हराइरहेकी एक जना महिलाको शव मंगलबार बिहान बक्राहा खोला किनारको काँसघारीमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कन्दङ्वा लिम्बूलाई मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार उर्लाबारी–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा शव देखेपछि स्थानीयले बिहान करिब ७ः४० बजे ...
: सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक २९ सहसचिवको सरुवा गरेको हो। सूचीअनुसार नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, गणेश पौडेललाई मुख्यमन्त्री कार्यालय कोशी प्रदेश, हेमराज रेग्मीलाई राष्ट्रिय तथ्यांक कार्यालय, लक्ष्मी पाण्डेय गौतमलाई गृह मन्त्रालय, कृष्ण पौडेललाई गृह मन्त्रालय, प्रदीप कुमार ...
: काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २१ जना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमै पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई समेत दु:ख हैरानी दिने गरेको सूचनाका आधारमा ठमेलका विभिन्न स्थानमा निगरानी र चेकजाँच गरिएको थियो। सो क्रममा युगान्डा, बंगलादेश, केन्या र भियतनामका महिला ...