मुख्य समाचार
नेपालमा चलिरहेको मुद्दामा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइनमार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश
नेपालमा चलिरहेको मुद्दामा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइनमार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश

: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइनमार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकताअनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो।

प्रविधिको बढ्दो प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा यसलाई निषेध गर्नुभन्दा नियमित गरी न्याय सम्पादनमा सहजता ल्याउनुपर्ने सर्वोच्चको व्याख्या छ। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीहरूलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई ठूलो राहत पुग्नेछ।

यसअघि विशेष अदालतमा विचाराधीन एक भ्रष्टाचार मुद्दामा बुटवलकी प्रतिवादी युवती सभ्यता केसीले अस्ट्रेलियाबाटै अडियो भिजुअल माध्यमबाट बयान गर्न दिएको निवेदनमा न्यायाधीशहरूबीच मतभेद भएको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले अनुमति दिन सकिने राय दिए पनि सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाले ‘भोलि थुनामा राख्नुपर्ने वा धरौटी मागिने आदेश भएमा विदेशबाट त्यसको कार्यान्वयन कसरी गर्ने ?’ भन्दै अनुमति दिन नसकिने बहुमतको निर्णय सुनाएका थिए।

सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनुपर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपालस्थित कानुनी वारिसमार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा सांसद केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गरेका हुन्। आयोगमा संविधानविद्,राजनीतिक दल,प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ ...
: पूर्वाधार विकास मन्त्रालयको सचिवको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी हुलहुज्जत तथा अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुरको मध्यपुर थिमिमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र कुमार शाही रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार शाहीले सोमबार बिहान साढे ११ बजे पूर्वसूचना तथा जानकारी बिना सिंहदरबारस्थित मन्त्रालयको सचिवको कार्यकक्षमा प्रवेश ...
यो लेख आफूलाई एक स्वतन्त्र नीति संस्थान र बहस तथा संवादका लागि एक विश्वसनीय मञ्च भएको दाबी गर्ने र सरकार तथा समाजहरूलाई एक सुरक्षित, दिगो, समृद्ध र न्यायपूर्ण विश्व निर्माण गर्न मद्दत गर्ने उद्देश्य राखेको च्याटम हाउसबाट लिइएको हो । यस लेखले छ दशकभन्दा बढी समयदेखि भारतको खर्चमा सञ्चालित सन्धिको यथास्थितिलाई कायम राख्नेतर्फ धेरै झुकाव ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसँग माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा सांसद सिंहले चिनी मिलले अझैं पनि उखु किसानको बक्यौता भुक्तानी नगरेको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेका हुन् । साथै उनले सरकारको अनुदान समेत किसानले प्राप्त गर्न नसकेकाले सरकारले दिने रकम पनि ...
: सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्दै सम्पत्ति शुद्धीकरणको कसुर हेर्ने क्षेत्राधिकार जिल्ला अदालतको नभई विशेष अदालतमा भएको ठहर गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी निष्क्रिय भइसकेको आदेश गरेको छ। जिल्ला अदालतले गत चैत २४ गते पक्राउ पुर्जी ...