मुख्य समाचार
तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसँग माग
तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसँग माग

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसँग माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा सांसद सिंहले चिनी मिलले अझैं पनि उखु किसानको बक्यौता भुक्तानी नगरेको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेका हुन् । साथै उनले सरकारको अनुदान समेत किसानले प्राप्त गर्न नसकेकाले सरकारले दिने रकम पनि चाँडै उपलब्ध गराउन आग्रह गरे।

उनले रोपाइँको सिजन सुरू हुन लागेको समयमा मलको उपलब्धता हुन नसकेकाले मलको व्यवस्था गर्न पनि माग गरे। सांसद सिंहले बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै यसतर्फ पनि ध्यान दिन माग गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापामा हावाहुरी र चट्याङले ठूलो क्षति पुर्‍याएको छ । गए राति वर्षासहितको हावाहुरी तथा चट्याङका कारण झापाका विभिन्न स्थानमा घर, कृषि फार्म, उद्योग, विद्युत् संरचना, अन्नबाली तथा सवारीसाधनमा व्यापक क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार जिल्लाका गौरादह, हल्दिबारी, बिर्तामोड, दमक तथा मेचीनगर क्षेत्रमा गरी लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको ...
: नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा सांसद केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गरेका हुन्। आयोगमा संविधानविद्,राजनीतिक दल,प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ ...
: पूर्वाधार विकास मन्त्रालयको सचिवको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी हुलहुज्जत तथा अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुरको मध्यपुर थिमिमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र कुमार शाही रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार शाहीले सोमबार बिहान साढे ११ बजे पूर्वसूचना तथा जानकारी बिना सिंहदरबारस्थित मन्त्रालयको सचिवको कार्यकक्षमा प्रवेश ...
यो लेख आफूलाई एक स्वतन्त्र नीति संस्थान र बहस तथा संवादका लागि एक विश्वसनीय मञ्च भएको दाबी गर्ने र सरकार तथा समाजहरूलाई एक सुरक्षित, दिगो, समृद्ध र न्यायपूर्ण विश्व निर्माण गर्न मद्दत गर्ने उद्देश्य राखेको च्याटम हाउसबाट लिइएको हो । यस लेखले छ दशकभन्दा बढी समयदेखि भारतको खर्चमा सञ्चालित सन्धिको यथास्थितिलाई कायम राख्नेतर्फ धेरै झुकाव ...
: सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्दै सम्पत्ति शुद्धीकरणको कसुर हेर्ने क्षेत्राधिकार जिल्ला अदालतको नभई विशेष अदालतमा भएको ठहर गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी निष्क्रिय भइसकेको आदेश गरेको छ। जिल्ला अदालतले गत चैत २४ गते पक्राउ पुर्जी ...