मुख्य समाचार
संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सुझाव
संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सुझाव

: नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा सांसद केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गरेका हुन्।

आयोगमा संविधानविद्,राजनीतिक दल,प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल नहुने धारणा राखे।

बृहत्त राष्ट्रिय संवादबाट मात्र संविधान संशोधनले वैधता,जनविश्वास र साझा राष्ट्रिय सहमतिका साथै दीर्घकालीन स्थिरता,लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको आधार तयार गर्न सक्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा उपस्थित हुने भएका छन्। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले एक हप्ताभित्र प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने जानकारी दिए। 'एक हप्ताभित्र उहाँ संसदमा आउनुहुन्छ,' उनले भने। तर, प्रधानमन्त्री शाहले संसदमा उपस्थितमात्र हुने हुन् वा सम्बोधन पनि गर्ने हुन् भन्ने विषय पार्टी महामन्त्रीसमेत रहेका बुर्लाकोटीले खुलाएनन्। यसैबीच विपक्षी दलका ...
: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म सो प्रसारण लाइन जोडिनेछ । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ ...
: झापामा हावाहुरी र चट्याङले ठूलो क्षति पुर्‍याएको छ । गए राति वर्षासहितको हावाहुरी तथा चट्याङका कारण झापाका विभिन्न स्थानमा घर, कृषि फार्म, उद्योग, विद्युत् संरचना, अन्नबाली तथा सवारीसाधनमा व्यापक क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार जिल्लाका गौरादह, हल्दिबारी, बिर्तामोड, दमक तथा मेचीनगर क्षेत्रमा गरी लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको ...
: पूर्वाधार विकास मन्त्रालयको सचिवको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी हुलहुज्जत तथा अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुरको मध्यपुर थिमिमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र कुमार शाही रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार शाहीले सोमबार बिहान साढे ११ बजे पूर्वसूचना तथा जानकारी बिना सिंहदरबारस्थित मन्त्रालयको सचिवको कार्यकक्षमा प्रवेश ...
यो लेख आफूलाई एक स्वतन्त्र नीति संस्थान र बहस तथा संवादका लागि एक विश्वसनीय मञ्च भएको दाबी गर्ने र सरकार तथा समाजहरूलाई एक सुरक्षित, दिगो, समृद्ध र न्यायपूर्ण विश्व निर्माण गर्न मद्दत गर्ने उद्देश्य राखेको च्याटम हाउसबाट लिइएको हो । यस लेखले छ दशकभन्दा बढी समयदेखि भारतको खर्चमा सञ्चालित सन्धिको यथास्थितिलाई कायम राख्नेतर्फ धेरै झुकाव ...