: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको ‘कानेखुसी’ ले संसद अगाडि बढ्न नसक्ने आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको वैठकको दोस्रो चरणमा बोल्दै कांग्रेस सांसद निश्कल संसदको गरिमामाथि प्रश्न उठाएका हुन् । सांसद राईले क्रमभङ्गताले संसदको गरिमा अझ बढाउँछ जस्तो लागे पनि त्यस्तो नभएको टिप्पणी गरे ।
उनले आफ्नो पार्टीको सांसद गीता स्याङतानलाई फोटो खिचेको निहुँमा संसदका मर्यादापालकले यसअघिको वैठकबाट बाहिर निकालेको बताए । उनले सभामुखले पहिलो पटक सांसदलाई सचेत गराउने, जुन कुरा नियमावलीको ३० ले त्यहि कुरा भन्ने उनले बताए । सांसद राईले त्यति गर्दा पनि नभए नियमावलीको ३१ अनुसार सभामुखले आदेश गर्ने भए पनि सभामुखको आदेश बिना नै मर्यादापालकले बाहिर निकालेको बताए ।
सांसद राईले सभामुखको आदेश बिना गरिएको गतिविधि सैह्य नहुने समेत चेतावनी दिए । सांसद राईले सभामुखले कानेखुसी गरेर सभा अगाडि बढाउन नमिल्ने बताएका छन् । सिङ्गो सदनलाई जानकारी गराएर मात्र यस्तो गर्न पाइने बताउँदै सांसद राईले भने, ‘कानेखुसीबाट यो सदन अगाडि बढ्न सक्दैन।’