मुख्य समाचार
कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता
कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता

। कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् । अहिलेसम्म भने नेपाली सेनाको टोली संक्रमणमुक्त रहेको बस्नेतले बताए ।

उनका अनुसार कंगोमा ९७० नेपाली शान्ति सैनिक कार्यरत छन् । कंगोका इतुरी प्रान्तको पेनी, बुनिया र माबीबीमा शान्ति सैनिक छन् । माबीबीमा बढी संक्रमण भएकाले त्यो अझ उच्च सतर्कता अपनाइएको उनले बताए ।

कंगोमा भर्खरै शान्ति सेनाको टोली अदली बदली भएकाले तत्काल जाने आउने अवस्था नरहेको प्रवक्ता बस्नेत बताउँछन् ।

कोही विशेष काम परेर आउनु परेको अवस्थामा पनि क्वारेन्टाइनसम्मको व्यवस्था मिलाइएको नेपाली सेनाले बताएको छ । पहिला कंगोमै आइसोलेनमा राख्ने र नेपाल आएपछि विमानस्थलबाटै सोझै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले बताए ।

अहिलेसम्म भने कोही पनि नेपाल नआएकाले क्वारेन्टाइनमा कसैलाई राखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सुरई रेञ्जको जंगलमा मृत भेटिएका हुन् । घरबाट निस्किएका दमाईबारे परिवारले शुक्रबार बिहान मात्रै जानकारी पाएको थियो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट फोन आएपछि उनी भारतको जंगलमा मृत भेटिएको खबर परिवारले ...
: न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्स (एनजेडएनसीसी) ले अकल्यान्डमा आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ। ‘क्लाइम्बिङ न्यु हाइट्स’ अर्थात् ‘नयाँ उचाइतर्फको यात्रा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाल र न्युजिल्यान्डबीच सरकारी तह (जीटुजी) तथा निजी क्षेत्र (बीटुबी) मार्फत सहकार्यका सम्भावना अघि बढाउने विषयमा छलफल गरिएको छ। अकल्यान्ड सिटीस्थित अकल्यान्ड बिजनेस चेम्बरमा आयोजित कार्यक्रममा दुई देशबीच आर्थिक ...
। बेलायत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लोकप्रिय गन्तव्यहरूमध्ये एक मानिन्छ । तर, सरकारको कठोर अध्यागमन नीतिका कारण अहिले यहाँ आउने विदेशी विद्यार्थी क्रमशः घट्न थालेको तथ्यांकले देखाएका छन् । बेलायत पढ्न आउने नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा ठूलो गिरावट आएको छ । बेलायती गृह मन्त्रालय (होम अफिस) का अनुसार, यस वर्ष अक्टोबर २०२६ अन्त्यसम्म अध्ययन भिजा मुख्य आवेदक संख्या ...
। लन्डनमा शनिबार सम्पन्न प्रतिष्ठित ‘लर्ड मेयर शो’ परेडमा गोर्खाली विरासत र नेपाली कला, संस्कृति तथा परम्पराको विशेष प्रदर्शनी गरिएको छ। लन्डन सिटीका नयाँ लर्ड मेयरको नियुक्तिको अवसरमा आयोजित ऐतिहासिक परेडमा प्रतिभा नक्षत्रको संयोजनमा नेपाली समुदायले गोर्खाली इतिहास, वीरता र नेपालको सांस्कृतिक विविधता झल्काउने प्रस्तुति गरेको हो। करिब सात हजार जना सहभागी उक्त परेडको करिब तीन माइल ...
— बेलायतको रश्मूर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाएका छन् । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा यस वर्ष पहिलोपटक उनीहरूले कुकुर तिहारसमेत मनाएका छन् । रश्मूर क्षेत्रको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ७ मा रिमेम्बरेन्स डे (स्मृति दिवस) को औपचारिक कार्यक्रम आयोजना गरी वीर गोर्खालीको योगदान, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम