मुख्य समाचार
इजरायली सेनाले दक्षिणी लेबनानका ठूला क्षेत्रहश्रलाई खाली गर्ने आदेश जारी
इजरायली सेनाले दक्षिणी लेबनानका ठूला क्षेत्रहश्रलाई खाली गर्ने आदेश जारी

: इजरायली सेनाले दक्षिणी लेबनानका ठूला क्षेत्रहश्रलाई खाली गर्ने आदेश जारी गरेको छ। सेनाले नयाँ आक्रमणहरू गर्नू अघि यी क्षेत्रहरूलाई 'युद्ध क्षेत्र' घोषणा गरेको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले त्यहाँका नागरिकहरूलाई जहरानी नदीको उत्तरतर्फ जान सुचित गरेको छ । यो नदी इजरायलको सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको छ । आईडीएफले आफूले अत्यन्तै कडा रूपमा कारबाही गर्ने चेतावनी दिएको छ । जसले हिजबुल्लाहमाथि पटक-पटक युद्धविराम उल्लंघन गरेको आरोप समेत लगाएको छ।

गत अप्रिल १७ मा लागू भएको युद्धविराम यताकै यो सबैभन्दा ठूलो विस्थापन गर्ने आदेश हो, जसले लेबनानको कुल भूभागको करिब १४ प्रतिशत क्षेत्रलाई प्रभावित पारेको छ। यसअघि बुधबार इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो।



अर्कोतर्फ, हिजबुल्लाहले पनि इजरायलमाथि नै युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। हिजबुल्लाहले आफ्ना लडाकुहरूको इजरायली सैनिकहरूसँग झडप भएको दाबी गरेको छ।

बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ सैनिक र उत्तरी इजरायलका नागरिकहरूमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेको बताएका थिए। त्यसलगत्तै उनले आफ्नो स्थल सैन्य अभियानलाई थप विस्तार गर्ने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...