मुख्य समाचार
हुवावे नेपालले एआईमा आधारित नेटवर्क सञ्चालन प्रणाली ‘एजेन्टिक कम्युनिकेसन नेटवर्क्स’ अवधारणाबारे जानकारी
हुवावे नेपालले एआईमा आधारित नेटवर्क सञ्चालन प्रणाली ‘एजेन्टिक कम्युनिकेसन नेटवर्क्स’ अवधारणाबारे जानकारी

— हुवावे नेपालले एआईमा आधारित नेटवर्क सञ्चालन प्रणाली ‘एजेन्टिक कम्युनिकेसन नेटवर्क्स’ अवधारणाबारे जानकारी गराएको छ । काठमाडौंमा हालै आयोजित ‘मिनी एमडब्लुसी २०२६’ कार्यक्रममा हुवावेले दूरसञ्चार नेटवर्कलाई थप स्थिर, प्रभावकारी र स्वचालित बनाउन एजेन्टिक कम्युनिकेसन नेटवर्क्स प्रभावकारी हुने उल्लेख गरेको थियो ।

कार्यक्रममा एआई र नयाँ पुस्ताको नेटवर्क प्रविधिबारे छलफल गरिएको कम्पनीले जनाएको छ । हुवावेले ‘नाउ इज योर्स’ नारासहित नेपालमा एआई र दूरसञ्चार व्यवसायलाई जोड्ने रणनीति प्रस्तुत गरेको थियो । कार्यक्रममा हुवावेले एआई फर नेटवर्क्स र नेटवर्क्स फर एआई अवधारणाहरू प्रस्तुत गरेको थियो ।

त्यस्तै, फाइभ-जी एड्भान्स्ड प्रविधि र फाइबर हेल्थकेयर अवधारणाबारे पनि चर्चा गरिएको थियो । कार्यक्रममा एआई केन्द्रित अप्टिकल नेटवर्कबारे कम्पनीका विश्लेषकहरूले प्रस्तुति दिएका थिए । यसले ब्यान्डविथ बढाउने, लेटेन्सी वा विलम्ब घटाउने तथा ऊर्जा खपत कम गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

हुवावेले ‘सिंगल साइट पावर’ र ‘इनर्जी स्टोरेज सिस्टम्स’ समेत प्रस्तुत गरेको थियो । यसले सौर्य ऊर्जा, लिथियम ऊर्जा भण्डारण र दूरसञ्चार उपकरणबीच समन्वय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
। एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् । शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने विषयमा बहस नभएको बताएका हुन् । यसबाट उत्पन्न हुन सक्ने जोखिम गम्भीर रहेकाले कम्पनी र सरकारहरूलाई त्यसको समाधानका लागि पर्याप्त समय दिनुपर्ने उनको ...
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम