मुख्य समाचार
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडिका अनधिकृत भौतिक संरचनाहरू भत्काउन सुरु
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडिका अनधिकृत भौतिक संरचनाहरू भत्काउन सुरु

— पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडिका अनधिकृत भौतिक संरचनाहरू भत्काउन सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत महानगरपालिकाले बिहीबारदेखि संरचनाहरूमा डोजर चलाएको हो ।

उक्त क्षेत्रमा रहेका सहारा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रका भवनका साथै हिमाली सांस्कृतिक परिवारले भोगचलन गर्दै आएका संरचना समेत भत्काइएको छ । महानगर प्रमुख धनराज आचार्यले लामो समयदेखि विभिन्न संघ संस्थाले उपभोग गर्दै आएका यी सार्वजनिक जग्गालाई संरक्षण गरी सडक चौडा बनाउने स्पष्ट पारे । उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने यस अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार समेत व्यक्त गरे ।

अतिक्रमित क्षेत्रमा राजनीतिक दल सम्बद्ध कांग्रेस निकट ट्रेड युनियन कांग्रेस र एमाले निकट जिफन्ट गण्डकीलगायतका मजदुर संगठनका कार्यालयहरू समेत सञ्चालित थिए । सार्वजनिक बाटोको जग्गा भोगचलन गर्दै आएका ती संस्थाहरूले संरचना बनाएर तेस्रो पक्षलाई भाडामा समेत लगाएका थिए । यसअघि नै नेकपा निकट मजदुर संगठनले भने संरचना भत्काएर चाबी बुझाइसकेको थियो । यो क्षेत्रका संरचनाहरू हटाएपछि पृथ्वीचोकबाट नयाँबजारतर्फ जाने सडकलाई दुईतर्फी रूपमा विस्तार गर्ने महानगरको योजना छ ।

महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न यसअघि नै ३५ दिनको अन्तिम म्याद दिएर सूचना जारी गरेको थियो, जसको अवधि गत ९ जेठमा नै सकिएको थियो । १० जेठबाट फिर्केखोलाबाट सुरु भएको सार्वजनिक जमिन खाली गर्ने अभियान बिहीबार पृथ्वीचोक आइपुगेको हो ।

अमरसिंह माविको नाममा रहेको अमरसिंह चोकका टहरा व्यवसायीहरूले पनि महानगरको आग्रहपछि आफ्ना संरचना आफैं हटाएका छन् । यसैगरी फिर्के क्षेत्रमा पनि प्राकृतिक बहाव मिचेर बनाइएका संरचनाहरूमा महानगरको डोजर चलिरहेको छ । महानगरले उक्त क्षेत्रमा आश्रय लिइरहेका वास्तविक सुकुमवासीहरूको भने उचित व्यवस्थापन गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा बुधबार सार्वजनिक २३–२४ भदौको जेन-जी घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । आयोगको प्रतिवेदनले सरकारले गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो दाबीलाई पुष्टि गरेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोगले स्वयं ...
— २३ र २४ भदौको घटनामा मानव अधिकार उल्लंघन भएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही अघि बढाउन सिफारिस गरेको छ । वहालवाला आईजीपीद्वय दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायणप्रसाद पौडेललाई समेत विभागीय कारबाहीको सिफारिस ...
— राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनलाई विध्वंसात्मक बनाउन प्रविधिको संगठित दुरुपयोग भएको ठहर गरेको छ । प्रतिवेदनका अनुसार आन्दोलनकारीलाई मानसिक रूपमा हिंसाका लागि तयार पार्न र सुरक्षाकर्मीलाई अलमल्याउन प्रविधिलाई 'हतियार' का रूपमा प्रयोग गरिएको हो । प्रतिवेदनको तथ्य र विश्लेषण खण्डका अनुसार, प्रदर्शन हुनुभन्दा अगाडि नै संसद् भवन ...
— नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालल ट्याक्सी-वे 'पी’सहित सहायक ट्याक्सी वे ‘एस’ र ‘एन’लाई बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार नयाँ ट्याक्सी-वे सञ्चालनमा आएपछि विमानहरूको ग्राउण्ड मुभमेन्ट थप प्रभावकारी हुने, सञ्चालन सुरक्षा अभिवृद्धि हुने, रनवे ओगट्ने समय घट्ने तथा विमानस्थलको समग्र सञ्चालन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ...
— राष्ट्रिय मानव अधिकार आयोगले २३ र २४ भदौको जेन-जी घटनाको छानबिनसम्बन्धी प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गरेको छ । आयोगले बुधार सरकारलाई सिफारिस पठाउँदै प्रतिवेदनको केही अंश सार्वजनिक गरेको हो । आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको उल्लेख छ । आयोगले ...