मुख्य समाचार
श्रमिकलाई सात समुन्द्रपारि १० हजार रुपैयाँमा पठाउन सक्दैनौं : म्यानपावर व्यवसायी
श्रमिकलाई सात समुन्द्रपारि १० हजार रुपैयाँमा पठाउन सक्दैनौं : म्यानपावर व्यवसायी

— नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई १० हजार रुपैयाँमा पठाउन नसक्ने भन्दै सरकारसमक्ष वैज्ञानिक रूपमा दुई महिनाको तलबबराबरको सेवा शुल्क निर्धारण गर्न माग राखेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागबाट खटिने अनुगमन टोलीबाट वैदेशिक रोजगार व्यवसायीमाथि धरपकड हुन थालेपछि उनीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने माग अगाडि सारेका हुन् । श्रम मन्त्रालयले २०७२ जेठ २६ गते खाडी र मलेसियामा श्रमिक पठाएबापत सेवा शुल्कबापत १० हजार रुपैयाँ लिन पाउने नीति लिएको थियो ।

‘जुन दिनमा राज्यले १० हजारको घोषणा गर्दै थियो । त्यही दिनमा हामी ताहाचल (विभाग)मा आन्दोलनमा थियौं । आजभन्दा ११ वर्षदेखि हामीले १० हजार रुपैयाँमा पठाउन सक्दैनौं भनिरहेका छौं । हामीले १० हजारमा पठाएको छैनौं,’ समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हरिबहादुर पाण्डेले भने,‘त्योभन्दा बढी पैसा उठाउन हामी बाध्य छौं । हामीले उठाएकै छौं । यसमा मोही माग्न जाने, ढुंग्रो लुकाएर काम छैन । राज्यलाई यथार्थ कुरा भन्नुपर्छ । सात समुन्द्रपारि श्रमिकलाई १० हजार रुपैयाँमा पठाउन सक्दैनौं ।’

समितिले दुई महिनाको तलबबराबर सेवा शुल्क लिन पाउनुपर्ने बताए । ‘जाजरकोटबाट एउटा कामदार काठमाडौं आउँदा उसको १०-१५ हजार रुपैयाँ खर्च हुन्छ । १० हजारमा पठाउन सम्भव नै छैन,’ उनले भने,‘सेवा शुल्क निर्धारण गर्नुस् । हामी त्योभन्दा बढी पैसा उठाउन दिँदैनौँ । उठाएको छ भने त्यसको जिम्मेवारी हामी लिन्छौं ।’

म्यानपावर व्यवसायीहरूका अनुसार यसबारे श्रममन्त्रीलाई जानकारी दिइएको छ । उनीहरूले वैदेशिक रोजगार विभागबाट नभई बाह्य पक्षबाट म्यानपावरमाथि छापा मारिरहेको वताए । ‘विभागको निकायभन्दा बाहिरको मान्छे छापामार शैलीमा आइरहेको छ । हामीलाई अनुगमन गर्ने निकाय विभाग हो । विभागको कर्मचारी आउँदा हामी स्वागत गछौं,’ उनले भने, ‘दुई महिनाको तलबबराबरको रकम लिन दिइयोस् । त्यो अनुसार राज्यलाई कर तिर्छौं । जाने श्रमिकलाई पनि रसिद दिन्छौं । यो क्षेत्रलाई मर्यादित बनाउन सकिन्छ ।’

समितिले छिमेकी मुलुकले वैदेशिक रोजगारमा श्रमिक पठाउँदा उचित सेवा शुल्क लिइरहेको जनाएको छ ।

‘नेपाली व्यवसायीले यी देशका व्यवसायीसँग प्रतिस्पर्धा गरेर नेपाली श्रमिकको माग ल्याउनुपर्ने अवस्था छ । तर, नेपालको सेवा शुल्क तथा हवाई टिकटसमेत फ्रीको नीतिले गर्दा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ,’ समितिका उपाध्यक्ष हरीश कुवँरले भने,‘नेपालमा पनि छिमेकी मुलुकको अभ्यासअनुसार दुई महिनाको तलब सेवा शुल्क र रोजगारदाता कम्पनीले हवाई टिकट नदिएको अवस्थामा कामदार स्वयंले हवाई टिकट लिएर जाने व्यवस्था गरिनुपर्छ ।’

उनीहरूका अनुसार सबै भिसामा सेवा शुल्क लिने भन्ने माग नभएको बताए । ‘रोजगार कम्पनीले फ्री भिसा, फ्री टिकट र सेवा शुल्कसमेत प्रदान गरेको अवस्थामा नि:शुल्क रूपमा वैदेशिक रोजगारीमा पठाइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले दुई महिना पूरा गरेको छ । सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रीपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची स्वीकृत गर्दै सरकारको प्राथमिकता सार्वजनिक गर्‍यो । सरकारको दाबी थियो, अबको शासनशैली परम्परागत ढर्राबाट फरक हुनेछ, सेवा प्रवाह छिटो हुनेछ, भ्रष्टाचार नियन्त्रण गरिनेछ ...
— साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सवेन) का महासचिव डा. कृष्णप्रसाद आचार्यले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन् । भेटमा महासचिव डा. आचार्यले सवेनको आगामी महासभाका बारेमा जानकारी गराउँदै उक्त कार्यक्रमको आयोजनाका लागि नेपाल सरकारको सहजीकरण र समर्थनका लागि अनुरोध गरेका छन् । सवेन दक्षिण एसियाली देशहरूको एक अन्तरसरकारी संगठन हो, जसको सचिवालय काठमाडौंमा छ । संगठनमा ...
— नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार सात वटा विषयगत उपसमिति गठन गरेको छ । प्रतिष्ठानको बुधबार बसेको बैठकको निर्णय अनुसार विभिन्न नीति तथा सामाजिक विषयमाकेन्द्रित उपसमितिहरू गठन गर्दै संयोजक तोकेको हो । जस अनुसार अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजनासम्बन्धी उपसमितिको संयोजकमा गोविन्दराज पोख्रेललाई तोकेको छ । उक्त उपसमितिले निजी ...
— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुग्ध विकास संस्थानबाट केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा रहेको विषयमा जाँचका लागि केही कागजात ल्याइएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले कान्तिपुरलाई बताए । उनले डीडीसीबारे कुन उजुरीमाथि अनुसन्धान भइरहेको हो भन्नेबारे खुलाएनन् । सरकारले डीडीसी सुधारका लागि भन्दै हालै संस्थानलाई ९ बुँदे निर्देशन दिएको ...
— कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा बुधबार सार्वजनिक २३–२४ भदौको जेन-जी घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । आयोगको प्रतिवेदनले सरकारले गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो दाबीलाई पुष्टि गरेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोगले स्वयं ...