मुख्य समाचार
साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्टका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता
साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्टका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

— साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सवेन) का महासचिव डा. कृष्णप्रसाद आचार्यले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन् ।

भेटमा महासचिव डा. आचार्यले सवेनको आगामी महासभाका बारेमा जानकारी गराउँदै उक्त कार्यक्रमको आयोजनाका लागि नेपाल सरकारको सहजीकरण र समर्थनका लागि अनुरोध गरेका छन् ।

सवेन दक्षिण एसियाली देशहरूको एक अन्तरसरकारी संगठन हो, जसको सचिवालय काठमाडौंमा छ । संगठनमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी ८ सदस्य राष्ट्रहरू छन् । यो संगठन क्षेत्रीय स्तरमा अवैध वन्यजन्तु व्यापार नियन्त्रण तथा वन्यजन्तु कानुन कार्यान्वयनमा सदस्य राष्ट्रहरूबीच समन्वय र सहकार्य प्रवर्द्धन गर्न स्थापना भएको हो ।

भेटका क्रममा महासचिव डा. आचार्यले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा अवैध वन्यजन्तु व्यापार नियन्त्रणमा सवेनले निर्वाह गर्दै आएको भूमिकाबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराए ।

मन्त्री खनालले आगामी महासभालाई सफल तथा सचिवालयलाई समग्र रूपमा सुदृढ बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे । उक्त भेटमा सचिवालयका प्रतिनिधि उपेन्द्र पोख्रेलको पनि सहभागीता थियो ।

साथै, बुधबार सवेनको पहिलो साधारण सभा आयोजक समितिको बैठक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं आयोजक समितिका संयोजक डा. बुद्धिसागर पौडेलको अध्यक्षतामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहल, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त बैठकमा परराष्ट्र मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, वन तथा भू-संरक्षण विभाग र सचिवालयका प्रतिनिधिहरूको उपस्थितिमा महासभाको सफल आयोजनाका लागि आवश्यक छलफल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् । पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अब ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उनको भनाइ छ । बिहीबार ललितपुरमा आयोजित अंगदाता सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पछि ...
— निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत कानुन निर्माण प्रक्रिया पुनः अघि बढाएको छ । निर्वाचनसम्बन्धी रहेका अलग अलग सातवटा कानुनलाई एकीकृत गरेर एउटै कानुन बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्तरूप लिन सकेको छैन । आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर १८ असार २०८० मा सरकारलाई बुझाएको थियो । तर, सरकारले ...
— गत चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले दुई महिना पूरा गरेको छ । सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रीपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची स्वीकृत गर्दै सरकारको प्राथमिकता सार्वजनिक गर्‍यो । सरकारको दाबी थियो, अबको शासनशैली परम्परागत ढर्राबाट फरक हुनेछ, सेवा प्रवाह छिटो हुनेछ, भ्रष्टाचार नियन्त्रण गरिनेछ ...
— नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई १० हजार रुपैयाँमा पठाउन नसक्ने भन्दै सरकारसमक्ष वैज्ञानिक रूपमा दुई महिनाको तलबबराबरको सेवा शुल्क निर्धारण गर्न माग राखेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागबाट खटिने अनुगमन टोलीबाट वैदेशिक रोजगार व्यवसायीमाथि धरपकड हुन थालेपछि उनीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने माग अगाडि ...
— नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार सात वटा विषयगत उपसमिति गठन गरेको छ । प्रतिष्ठानको बुधबार बसेको बैठकको निर्णय अनुसार विभिन्न नीति तथा सामाजिक विषयमाकेन्द्रित उपसमितिहरू गठन गर्दै संयोजक तोकेको हो । जस अनुसार अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजनासम्बन्धी उपसमितिको संयोजकमा गोविन्दराज पोख्रेललाई तोकेको छ । उक्त उपसमितिले निजी ...