मुख्य समाचार
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने

— ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् ।

पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अब ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उनको भनाइ छ ।

बिहीबार ललितपुरमा आयोजित अंगदाता सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पछि आबद्ध हुन आएको खोकना, हरिसिद्धि, बुंगमती, र धापाखेलका वडाहरूमा मात्रै पूर्वाधार विकासको काम बाँकी रहेकाले महानगरपालिकाले अब सो क्षेत्रमा पनि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको बताए

‘बजेटमा हामीले अहिले ध्यान दिनुपर्ने भनेको शिक्षा, स्वास्थ्य र इम्प्लोइमेन्टमा हो । स्वास्थ्यमा पनि हामीले धेरै नै लगानी गर्दै आइरहेका छौँ,’ उनले भने ।

मेयर महर्जनले ललितपुर महानगरभित्रको चक्रपथमा ४ महिनाभित्र स्मार्ट लाइट जडानको काम सम्पन्न हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत कानुन निर्माण प्रक्रिया पुनः अघि बढाएको छ । निर्वाचनसम्बन्धी रहेका अलग अलग सातवटा कानुनलाई एकीकृत गरेर एउटै कानुन बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्तरूप लिन सकेको छैन । आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर १८ असार २०८० मा सरकारलाई बुझाएको थियो । तर, सरकारले ...
— गत चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले दुई महिना पूरा गरेको छ । सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रीपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची स्वीकृत गर्दै सरकारको प्राथमिकता सार्वजनिक गर्‍यो । सरकारको दाबी थियो, अबको शासनशैली परम्परागत ढर्राबाट फरक हुनेछ, सेवा प्रवाह छिटो हुनेछ, भ्रष्टाचार नियन्त्रण गरिनेछ ...
— साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सवेन) का महासचिव डा. कृष्णप्रसाद आचार्यले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन् । भेटमा महासचिव डा. आचार्यले सवेनको आगामी महासभाका बारेमा जानकारी गराउँदै उक्त कार्यक्रमको आयोजनाका लागि नेपाल सरकारको सहजीकरण र समर्थनका लागि अनुरोध गरेका छन् । सवेन दक्षिण एसियाली देशहरूको एक अन्तरसरकारी संगठन हो, जसको सचिवालय काठमाडौंमा छ । संगठनमा ...
— नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई १० हजार रुपैयाँमा पठाउन नसक्ने भन्दै सरकारसमक्ष वैज्ञानिक रूपमा दुई महिनाको तलबबराबरको सेवा शुल्क निर्धारण गर्न माग राखेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागबाट खटिने अनुगमन टोलीबाट वैदेशिक रोजगार व्यवसायीमाथि धरपकड हुन थालेपछि उनीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने माग अगाडि ...
— नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार सात वटा विषयगत उपसमिति गठन गरेको छ । प्रतिष्ठानको बुधबार बसेको बैठकको निर्णय अनुसार विभिन्न नीति तथा सामाजिक विषयमाकेन्द्रित उपसमितिहरू गठन गर्दै संयोजक तोकेको हो । जस अनुसार अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजनासम्बन्धी उपसमितिको संयोजकमा गोविन्दराज पोख्रेललाई तोकेको छ । उक्त उपसमितिले निजी ...