मुख्य समाचार
नयाँ सहर आयोजना निर्माण सुरु भएको डेढ दशक बित्दा यो आयोजनाअन्तर्गत ३४ किलोमिटर मात्र कालोपत्र सडक निर्माण
नयाँ सहर आयोजना निर्माण सुरु भएको डेढ दशक बित्दा यो आयोजनाअन्तर्गत ३४ किलोमिटर मात्र कालोपत्र सडक निर्माण

नयाँ सहर आयोजना निर्माण सुरु भएको डेढ दशक बित्दा यो आयोजनाअन्तर्गत ३४ किलोमिटर मात्र कालोपत्र सडक निर्माण गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गले जोड्ने १० सहर छानेर यसको निर्माण सुरु गरिएको थियो । अहिले सहरको संख्या बढाएर ५४ वटा पुर्‍याइएको छ । उक्त आयोजनाले बजेट अभावमा गति लिन सकेको छैन ।

बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार फागुन २०८२ सम्म नयाँ सहर आयोजनाअन्तर्गत ५१ किमि सडक ढलान गरिएको छ । १ सय ६८ किलोमिटर ढल र नाला निर्माण गरिएको छ ।

सुरुमा १० वटा सहर बनाउन २० वर्षमा साढे ३ खर्ब लाग्ने सरकारको अनुमान थियो । अहिलेसम्म १० सहरमा ८ अर्ब २९ करोड ९० लाख खर्च भइसकेको छ । बजेटकै कारण काम सुरु भएका सहरमा प्रगति कम देखिएको नयाँ सहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक सुमन सालिकेले बताए । ‘आयोजना पहिल्यै घोषणा गरिए पनि कार्यान्वयनमा ढिला गएको हो,’ उनले भने, ‘बजेट आएर काम सुरु भएको त १० वर्ष त भयो ।’

यसअघि आयोजना मात्र भएको र काम सुरु भइनसकेकाले त्यसको असर अहिले देखिएको सालिकेको भनाइ छ । ‘आर्थिक वर्ष २०७१/०७२ बाट बजेट आएर काम सुरु हुन थालेको हो,’ उनले भने, ‘त्यसभन्दा अघि आयोजना त थियो, बजेट थिएन ।’ आगामी आर्थिक वर्षको बजेटमा अझ मध्यपहाडी राजमार्गअन्तर्गतका १२ सहरलाई प्राथमिकीकरण गरेर काम गरिने उनको भनाइ छ । ‘सबै आयोजनामा बजेट नछरी १२ वटा आयोजनालाई बजेटको व्यवस्थापन गरेर केही वर्षभित्र राम्रै रिजल्ट आउने गरी काम गर्दै छौं,’ उनले भने ।
सडक विभागतर्फ चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ५६ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ । आर्थिक सर्वेक्षणअनुसार फागुन २०८२ सम्म कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ । गत वर्षको सोही अवधिसम्म १९ हजार १ सय ६३ किमि सडक कालोपत्र गरिएको थियो ।

चालु आवको फागुनुसम्म ७ हजार ६ सय २ किलोमिटर ग्राभेल र ८ हजार ७ सय ४८ किमि कच्ची सडक निर्माण भएको छ । यसअनुसार सडकको लम्बाइ ३६ हजार ८ सय ६ किमि पुगेको छ । जब कि असार २०८२ सम्म २० हजार ४३ किमि कालोपत्र, ७ हजार ५ सय ११ किमि ग्राभेल र ८ हजार ६ सय ७२ किमि कच्ची सडकसहित सडकको लम्बाइ ३६ हजार २ सय २६ किमि थियो । फागुनसम्म ७६ किमि कच्ची सडक (नयाँ सडक) निर्माण भएको छ । यस अवधिमा ९१ किमि ग्राभेल, ६३.३ किमि सडकको आवधिक मर्मत र १ सय २ वटा पुलको निर्माण सकिएको छ ।

चालु आर्थिक वर्षको केही महिनायता कालोपत्र सडकको काम प्रभावित बनेको सडक विभागका महानिर्देशक विजय जैसीले जनाए । ‘पश्चिम एसियामा जारी द्वन्द्वका कारण बिटुमिनको मूल्य बढेको र बजारमा अभाव देखिएकाले कालोपत्रको काम हुन सकेको छैन । कहींकतै मात्र फाट्टफुट्ट भएको छ,’ उनले भने, ‘बिटुमिनको चर्को मूल्यकै कारण लक्ष्यअनुसारको कालोपत्रको काम नहुने जोखिम बढेको छ ।’

आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनी बस, ट्रक, माइक्रो बस, कार, मोटरसाइकलसहित २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन् । फागुन २०८२ सम्म यसरी दर्ता हुने सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ । दर्ता भएका सवारी/यातायातका साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारका सिँचाइ आयोजनाअन्तर्गत सतह सिँचाइ १ हजार ४ सय ५० हेक्टर र जलाशय तथा लिफ्ट सिँचाइ १ सय २० हेक्टर गरी १ हजार ५ सय ७० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जसअनुसार २०८२ फागुनसम्म १५ लाख ८७ हजार ९ सय १० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । असार २०८२ सम्म १५ लाख ८६ हजार ३ सय ४० हेक्टर जमिनमा सिँचाई सुविधा विस्तार भएको थियो । मुलुकभर कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टरमध्ये २०८२ फागुनसम्म ४४.६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

सिँचाइयोग्य जमिन २५ लाख ३६ हजार ३ सय १९ हेक्टरमध्ये फागुन २०८२ सम्म ६२.६१ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । २०८२ असारसम्म कृषियोग्य जमिनको ४४.५९ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.५४ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको थियो । सुरक्षित आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म ९४ हजार ६ सय ३१ फुसका घर (आवास) जस्तापाताले विस्थापन गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

फागुनसम्म कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट छ । यसमध्ये जलविद्युत् जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जाबाट १ सय ४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा उत्पादित १०६.२४ मेगावाट, तापीय (थर्मल प्लान्ट) ५३.४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधिमार्फत ६ मेगावाट बिजुली उत्पादन भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका विद्युत् परियोजनाबाट ६६१.५७ मेगावाट, विद्युत् प्राधिकरणका सहायक कम्पनीमार्फत ७४८.४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट २ हजार ५ सय ८७ मेगावाट गरी फागुन २०८२ सम्म ३ हजार ९ सय ९७ मेगावाट राष्ट्रिय ग्रिडमा जडान भएको छ । वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । सामुदायिक उपभोक्तासमेत विद्युत् उपयोग गर्ने ग्राहकको संख्या २०८२ फागुनसम्म ५८ लाख ५९ हजार पुगेको छ । असार २०८२ सम्म ५७ लाख ८ हजार थियो ।

विभिन्न आयोजना निर्माणबाट आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ६ सय ६६ मेगावाट विद्युत् थप उत्पादन भई नेपालको विद्युत् क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमान छ । चालु आर्थिक वर्षको फागुनसम्म निजी क्षेत्रका जलविद्युत् कम्पनीलाई थप २ हजार ४ सय मेगावाट जडित क्षमता बराबरको १५८ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र दिइएको छ । यससँगै २०८२ फागुनसम्म २ सय २५ आयोजनाको १० हजार ६ सय २९ मेगावाट जडित क्षमता बराबरको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

काठमाडौं उपत्यकाको सार्वजनिक स्थल र सरकारी अस्पतालमा गरेर ३१ वटा वाटर एटीएम जडान गरिएको छ । गत फागुनसम्म काठमाडौं उपत्यकाको सार्वजनिक स्थल, सरकारी अस्पताल लगायतका विभिन्न ३१ स्थानमा वाटर एटीएम जडान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा वर्षात्को पानी संकलनसम्बन्धी कार्यक्रमबाट काठमाडौं उपत्यकाभित्रका थप ३ स्थानमा वर्षात्को पानी संकलन गर्ने प्रविधि जडान गरिएको छ । यसले गर्दा ९ सय जनसंख्यामा खानेपानीको सेवा पुगेको छ ।

उपत्यकाभित्र २ सय ६५ सरकारी विद्यालय, ४९ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४ सय ३ स्थानमा वर्षात्को पानी संकलन प्रविधि जडान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । फागुन २०८२ सम्म ९७ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कांग्रेसले संघीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने जनाएको छ । पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो । बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट र संसदीय दलको कार्यसमितिका ...
— निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत कानुन निर्माण प्रक्रिया पुनः अघि बढाएको छ । निर्वाचनसम्बन्धी विभिन्न सातवटा कानुनलाई एकीकृत गरेर एउटै कानुन बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्तरूप लिन सकेको छैन । आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर १८ असार २०८० मा सरकारलाई बुझाएको थियो । तर, सरकारले त्यसलाई संसद्मा पेस गर्न ...
— ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् । पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अब ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उनको भनाइ छ । बिहीबार ललितपुरमा आयोजित अंगदाता सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पछि ...
— निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत कानुन निर्माण प्रक्रिया पुनः अघि बढाएको छ । निर्वाचनसम्बन्धी रहेका अलग अलग सातवटा कानुनलाई एकीकृत गरेर एउटै कानुन बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्तरूप लिन सकेको छैन । आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर १८ असार २०८० मा सरकारलाई बुझाएको थियो । तर, सरकारले ...
— गत चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले दुई महिना पूरा गरेको छ । सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रीपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची स्वीकृत गर्दै सरकारको प्राथमिकता सार्वजनिक गर्‍यो । सरकारको दाबी थियो, अबको शासनशैली परम्परागत ढर्राबाट फरक हुनेछ, सेवा प्रवाह छिटो हुनेछ, भ्रष्टाचार नियन्त्रण गरिनेछ ...