मुख्य समाचार
अमेरिका र इरान सम्झौताको ‘धेरै नजिक’, तर अझै निष्कर्षमा पुग्न बाँकी
अमेरिका र इरान सम्झौताको ‘धेरै नजिक’, तर अझै निष्कर्षमा पुग्न बाँकी

: अमेरिका र इरानबीच एउटा नयाँ सम्झौताका लागि सहमति जुटेको खबर सार्वजनिक भएको छ । प्राप्त विवरणहरूका अनुसार यस सम्झौतामा जारी युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याउने र इरानको परमाणु कार्यक्रमको भविष्यका विषयमा वार्ता सुरु गर्ने बुँदाहरू समावेश छन् ।

तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने युद्धको विषयलाई लिएर कुनै पनि ठोस सम्झौतामा पुग्नुअघि अमेरिका र इरानले अझै कैयौँ थाती रहेका विवादित मुद्दाहरू सुल्झाउन बाँकी रहेको स्पष्ट पारेका छन् ।

यसैबीच, बीबीसी पर्सियनका अनुसार इरानको अर्ध(सरकारी समाचार एजेन्सी तस्निमले यो सम्झौताले अझै अन्तिम रूप नपाएको र यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको दाबी गरेको छ ।



के राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा हुनुहुन्छ ? भनी बीबीसीले सोधेको प्रश्नको जवाफमा उपराष्ट्रपति भान्सले दुवै पक्ष अन्तिम सम्झौतामा 'कहिले वा कसरी' पुग्छन् भन्नेबारे अहिले नै टिप्पणी गर्नु हतारो हुने बताए ।

यसअघि बिहीबार अमेरिकी अधिकारीहरूले बीबीसीलाई दिएको जानकारी अनुसार दुवै देशबीच सम्झौताको खाकामा सहमति भइसकेको छ । यद्यपि, यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले अन्तिम स्वीकृति दिन भने बाँकी नै छ ।

यसैबिच, अमेरिकी सेनाले इरानमाथि संवेदनशील युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...
। यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् । हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् । सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’ स्रोतले बताए अनुसार ...
। जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो। टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको ...