मुख्य समाचार
३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा
३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा

: गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले ३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेका छन्। प्रधानमन्त्री शाहले काठमाडौं र ललितपुरको एसएसपी पनि सरुवा गरेका हुन्।

सूचीअनुसार ललितपुरमा तुलबहादुर कार्की र काठमाडौंमा दिलिप घिमिरेलाई सरुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले भूमि समस्या समाधान समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरलेले जानकारी दिए। उनका अनुसार समितिका सदस्यमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मिनी सोती र काठमाडौंकी डा. रोहना श्रेष्ठलाई नियुक्ति गरिएको छ।
: सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर नभनेको स्पष्ट पारेका छन्। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने विषय सुन्दा आफू अचम्ममा परेको बताएको उल्लेख गरे। प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई अनावश्यक रूपमा विवादित बनाउन खोजिएको ...
: स्रोत नखुलेको सुन तथा चाँदीका गरगहना र नगद सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने नेपालगन्ज उपमहानगरपालिका-१० घर भएका ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। करिब ३ करोड रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना, स्रोत नखुलेको नेपाली २ लाख १९ हजार ५ सय रुपैयाँ ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई भू-राजनीतिक विवादभन्दा पर लगेर र ‘विकास कूटनीति’मा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन्। भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा मंगलबार लेख प्रकाशित गर्दै लामिछानेले नेपाल–भारत सम्बन्धमा सीमा विवादजस्ता विषयलाई लम्ब्याउन नहुने र ऐतिहासिक तथ्य, प्रमाण, आपसी समझदारीका आधारमा समाधान गर्नुपर्ने बताएका हुन्। पाँचदिने औपचारिक भ्रमणका लागि सोमबार नयाँदिल्ली गएका ...
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकारलाई गल्ती गर्ने छुट हुँदै नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री बालेन शाह संसदमा आएर नेपालले भारतकोा सीमा कहाँ–कहाँ मिचेको रहेछ भन्ने पुष्टि गर्नुपर्ने बताए । उनले देशको अस्तित्व र सीमाना र सार्वभौमसत्ता जोगाउने कुरामा सबै सांसद एक ठाउँ हुनुपर्ने बताउँदै ...