मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिले राष्ट्रिय जोखिम उत्पन्न गर्ने खतरा बढाएको टिप्पणी
प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिले राष्ट्रिय जोखिम उत्पन्न गर्ने खतरा बढाएको टिप्पणी

: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिले राष्ट्रिय जोखिम उत्पन्न गर्ने खतरा बढाएको टिप्पणी गरेकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ओलीले हिजो नेपालीको एक इञ्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्ना नेताको भनाईको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लाग्नु यो भन्दा दुःखद केहि नहुने बताइन् । उनले प्रधानमन्त्रीले संसदबाट दिएको अभिव्यक्ति राजनीतिक, कुटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको हिसाबले अत्यन्त गम्भीर विषय भएको बताइन् ।

उनले प्रधानमन्त्री भनेको व्यक्ति नभई संस्था भएको बताउँदै प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति अत्यन्तै फितलो भएको बताइन् । उनले प्रधानमन्त्रीबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंस्थित भारतीय दूतावासले भारत-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्कको दोस्रो चरण घोषणा गरेको छ। नेपालस्थित भारतीय दूताबासका अनुसार दोस्रो चरणमा २५ नेपाली स्टार्टअप सहभागी भएका छन्। जुन १ देखि जुलाई ३१, २०२६ सम्म सञ्चालन हुने कार्यक्रम भारतको चेन्नईस्थित आईआईटी मद्रासको आईआईटीएम प्रवर्तक क्याम्पसमा आयोजना हुँदैछ।
: सरकारले सशस्त्र प्रहरी नायव निरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरीअतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले डीआईजी पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरलेलले जानकारी दिए। यही जेठ ५ गते बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
: झापाको अर्जुनधारामा एउटा बोलेरो पिकअपमा लोड भएको साल जातका तयारी काठजन्य सामग्रीसहित सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको गस्ती टोलीले अर्जुनधारा नगरपालिका–३ नेपालडाँडा क्षेत्रमा मंगलबार बिहान ७ बजे इलामबाट झापातर्फ आउँदै गरेको मे १ ज ११७८ नम्बरको बोलेरो ...
: वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिकासको नाममा विनास गर्न नहुने भन्दै उनीहरुले डोजर आतंक बन्द गर्नुपर्ने मागसहित मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले वीरगञ्जको मेन रोडलाई शहरी मार्ग कायम गर्न पनि माग गरेका हुन् । साथै उनीहरुले सर्वोच्च अदालतले वीरगञ्जबासीलाई न्याय देऊ, ...
: सरकारले २३ र २४ भदौको जेनजी विद्रोहका क्रममा सुरक्षा संयन्त्रको पाटोलाई छानबिन र अध्ययन गर्न बनेको समितिको म्याद थप गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन अध्ययन गरी कारबाही सिफारिस गर्न भन्दै उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा बनाएको समितिको ४५ दिन म्याद थप ...