मुख्य समाचार
स्रोत नखुलेको सुन तथा चाँदीका गरगहना र नगद सहित एकजना पक्राउ
स्रोत नखुलेको सुन तथा चाँदीका गरगहना र नगद सहित एकजना पक्राउ

: स्रोत नखुलेको सुन तथा चाँदीका गरगहना र नगद सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने नेपालगन्ज उपमहानगरपालिका-१० घर भएका ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

करिब ३ करोड रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना, स्रोत नखुलेको नेपाली २ लाख १९ हजार ५ सय रुपैयाँ र भारतीय ८ लाख ११ हजार ८ सय रुपैयाँसहित उनी पक्राउ परेका हुन्।

वीरेन्द्रनगर नगरपालिका-६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद दिने गरेको भन्ने सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगद सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंस्थित भारतीय दूतावासले भारत-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्कको दोस्रो चरण घोषणा गरेको छ। नेपालस्थित भारतीय दूताबासका अनुसार दोस्रो चरणमा २५ नेपाली स्टार्टअप सहभागी भएका छन्। जुन १ देखि जुलाई ३१, २०२६ सम्म सञ्चालन हुने कार्यक्रम भारतको चेन्नईस्थित आईआईटी मद्रासको आईआईटीएम प्रवर्तक क्याम्पसमा आयोजना हुँदैछ।
: सरकारले सशस्त्र प्रहरी नायव निरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरीअतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले डीआईजी पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरलेलले जानकारी दिए। यही जेठ ५ गते बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
: झापाको अर्जुनधारामा एउटा बोलेरो पिकअपमा लोड भएको साल जातका तयारी काठजन्य सामग्रीसहित सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको गस्ती टोलीले अर्जुनधारा नगरपालिका–३ नेपालडाँडा क्षेत्रमा मंगलबार बिहान ७ बजे इलामबाट झापातर्फ आउँदै गरेको मे १ ज ११७८ नम्बरको बोलेरो ...
: वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिकासको नाममा विनास गर्न नहुने भन्दै उनीहरुले डोजर आतंक बन्द गर्नुपर्ने मागसहित मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले वीरगञ्जको मेन रोडलाई शहरी मार्ग कायम गर्न पनि माग गरेका हुन् । साथै उनीहरुले सर्वोच्च अदालतले वीरगञ्जबासीलाई न्याय देऊ, ...
: सरकारले २३ र २४ भदौको जेनजी विद्रोहका क्रममा सुरक्षा संयन्त्रको पाटोलाई छानबिन र अध्ययन गर्न बनेको समितिको म्याद थप गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन अध्ययन गरी कारबाही सिफारिस गर्न भन्दै उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा बनाएको समितिको ४५ दिन म्याद थप ...