मुख्य समाचार
सरकारले २३ र २४ भदौको जेनजी विद्रोहका क्रममा सुरक्षा संयन्त्रको पाटोलाई छानबिन र अध्ययन गर्न बनेको समितिको म्याद थप
सरकारले २३ र २४ भदौको जेनजी विद्रोहका क्रममा सुरक्षा संयन्त्रको पाटोलाई छानबिन र अध्ययन गर्न बनेको समितिको म्याद थप

: सरकारले २३ र २४ भदौको जेनजी विद्रोहका क्रममा सुरक्षा संयन्त्रको पाटोलाई छानबिन र अध्ययन गर्न बनेको समितिको म्याद थप गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन अध्ययन गरी कारबाही सिफारिस गर्न भन्दै उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा बनाएको समितिको ४५ दिन म्याद थप गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

समितिमा कार्कीसहित सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य छन्।

यसैबीच मानवअधिकार आयोगले पनि भदौ २३ र २४ गतेको घटना जेनजी आन्दोलनबारे छानबिनको प्रतिवेदन सार्वजनिक गरिसकेको छ। मानवअधिकार आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखसहित रास्वपाका १७ जना बहालवाला सांसदमाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको छ।



राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २४ गतेको विध्वंसलाई पूर्वयोजनाअनुसार संगठित रूपमा गरिएको आपराधिक कार्यको संज्ञा दिँदै आपराधिक गतिविधिका रूपमा हेरी सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ। आयोगले गत भदौ २३ गते भएको जेन–जी आन्दोलन र २४ को विध्वंसका बारेमा छुट्टै अध्ययन गरेको थियो। सोही अध्ययन प्रतिवेदनको निर्णय र सरकारलाई गरिएको सिफारिसका केही बुँदा बुधबार सार्वजनिक गरिएको छ।

आयोगले भदौ २३ गते सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेका कारण घटना भएको निष्कर्ष निकालेको छ। भदौ २३ को घटनाबाट प्रभावित आक्रोशित व्यक्तिका कारण सुरुवात भएको देखिए तापनि २४ को घटनाको प्रकृति अवस्था एकै समयमा एकै उद्देश्य लिई देशैभरि भएको देखिँदा पूर्वयोजनाअनुसार भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

यता प्रधानमन्त्री बालेन शाहले मानव अधिकार आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयका आइनपुगेको प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका थिए। तर, मानवअधिकार आयोगले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश गरिसकेको जानकारी गराएको छ।

प्रधानमन्त्री शाहले मिडियामा २९ पेजको प्रतिवेदन देखिएको र १० हजारभन्दा बढी पेजको भएको सुन्नमा आएकाले आधिकारिकरुपमा आएपछि सार्वजनिक गर्ने बताएका थिए। प्रधानमन्त्री शाहले समितिले अध्ययन गरेपछि गर्नुपर्ने काम अगाडि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंस्थित भारतीय दूतावासले भारत-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्कको दोस्रो चरण घोषणा गरेको छ। नेपालस्थित भारतीय दूताबासका अनुसार दोस्रो चरणमा २५ नेपाली स्टार्टअप सहभागी भएका छन्। जुन १ देखि जुलाई ३१, २०२६ सम्म सञ्चालन हुने कार्यक्रम भारतको चेन्नईस्थित आईआईटी मद्रासको आईआईटीएम प्रवर्तक क्याम्पसमा आयोजना हुँदैछ।
: सरकारले सशस्त्र प्रहरी नायव निरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरीअतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले डीआईजी पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरलेलले जानकारी दिए। यही जेठ ५ गते बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
: झापाको अर्जुनधारामा एउटा बोलेरो पिकअपमा लोड भएको साल जातका तयारी काठजन्य सामग्रीसहित सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको गस्ती टोलीले अर्जुनधारा नगरपालिका–३ नेपालडाँडा क्षेत्रमा मंगलबार बिहान ७ बजे इलामबाट झापातर्फ आउँदै गरेको मे १ ज ११७८ नम्बरको बोलेरो ...
: वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिकासको नाममा विनास गर्न नहुने भन्दै उनीहरुले डोजर आतंक बन्द गर्नुपर्ने मागसहित मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले वीरगञ्जको मेन रोडलाई शहरी मार्ग कायम गर्न पनि माग गरेका हुन् । साथै उनीहरुले सर्वोच्च अदालतले वीरगञ्जबासीलाई न्याय देऊ, ...
: सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद बैठकका चारवटा निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमा उल्लेख सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको म्या ४५ दिन थप गर्ने निर्णय गरेको छ । यसैगरी ...