मुख्य समाचार
भारतले नेपाल- भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार
भारतले नेपाल- भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार

। भारतले नेपाल- भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् ।

‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका हुँदैन,’ उनले आज विदेश मन्त्रालयमा भएको साप्ताहिक मिडियामा ब्रिफिङमा भने,’सीमा सम्बन्धी सबै पक्षहरू समाधान गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौ ।’

नेपालका प्रधानमन्त्रीले भारत–नेपाल सीमासम्बन्धी गरेका टिप्पणीहरू तथा यस विषयमा नेपालका परराष्ट्र मन्त्रालयले पछि जारी गरेको वक्तव्य आफूहरुले देखेको उनले जानकारी दिए ।

‘भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत भाग सीमांकन भइसकेको भए पनि केही खण्डहरू अझै समाधान हुन बाँकी छन्। गण्डक नदीको बहावको दिशा परिवर्तन भएका कारण यस्तो अवस्था उत्पन्न भएको हो’ प्रवक्ता जैशवालले भने ।

उनले यसका अतिरिक्त, सीमांकन भइसकेका सीमा खण्डहरूमा सीमापार कब्जा तथा दजगजामा अतिक्रमण भएका केही घटनाहरू पनि रहेको उनले उल्लेख गरे । ‘जसको हाल दुवै पक्षले संयुक्त रूपमा नक्साङ्कन गरिरहेका छन्,’उनले भने ।


प्रधानमन्त्री शाहले संसद्‌मा प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति पनि दिएका थिए । त्यही अभिव्यक्तिका कारण अहिले संसद्मा विपक्षीहरूले विरोध गरिरहेका छन् । सडकमा पनि प्रधानमन्त्रीको विरोध भइरहेको छ ।

नेपाल भारत मामिलाका जानकारहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिले नेपालको कूटनीतिक अडान कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरिरहेका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने संसद्को रेकर्डबाट हटाउनुपर्ने माग भइरहेको छ ।

प्रधानमन्त्रीले बोल्ने क्रममा नेपाल भारत सीमाको विषय तत्कालीन ब्रिटिस सरकारसँग भएको सुगौली सन्धीसम्म जोडिने उल्लेख गर्दै यसमा इंग्ल्याण्डसँग पनि कुरा गर्नुपर्ने हुनसक्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाबाट अवैध रूपमा भारततर्फ निकासी गर्ने तयारीमा रहेको ७० बोरा फर्सीको बीउ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टि गाउँपालिका–२ का हरिदेव दासको घरबाट फर्सीको बीउ बरामद गरिएको हो । ठूलो परिमाणमा फर्सीको बीउ लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा सोमबार साँझ प्रहरी टोली परिचालन भएको जिप्रका सिरहाले जनाएको छ । सोही क्रममा ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका ग्राउन्ड इक्युपमेन्ट अपरेटर पक्राउ परेका छन् । सुनसरी गढी गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ग्राउन्ड इक्युपमेन्ट अपरेटरमा कार्यरत थिए ...
। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा एस जयशंकरसँग भेट गरेका छन् । बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो । सभापति लामिछाने भाजपाको निमन्त्रणामा हिजो भ्रमणमा गएका थिए । उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो । उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका छन् ।
। टुरिजम अथोरोटी अफ थाइल्याण्डले नेपाली पर्यटकलक्षित प्रवर्द्धन अभियान थालेको छ । संसारभरबाट सबै प्रकारका पर्यटकलाई आकर्षित गर्दै आएको थाइल्याण्डले ‘वेलनेस टुरिजम प्रडक्ट’लाई प्राथमिकता दिँदै नेपाल लक्षित अभियान चलाएको हो । टुरिजम अथोरोटी अफ थाइल्याण्ड, नयाँ दिल्ली कार्यालयले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपाली टूर अपरेटरहरुलाई आफ्ना पर्यटन उत्पादनबारे जानकारी गराएको छ । कार्यक्रममा नेपालका ...
। भारतले नेपाल- भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् । ‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको ...