मुख्य समाचार
नेपाल उद्योग परिसंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सकारात्मक प्रतिक्रिया
नेपाल उद्योग परिसंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सकारात्मक प्रतिक्रिया

। नेपाल उद्योग परिसंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ । औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर बजेट ल्याइएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने परिसंघको भनाइ छ ।

उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थको भन्सारमा एक तह फरक गर्न २७३ वस्तुको भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने र औद्योगिकरणको गतिलाई तीव्रता दिन सहयोग गर्ने परिसंघको बुझाइ छ । ३६० वटा वस्तुमा अन्तःशुल्क खारेजीले उत्पादन लागत कम गर्न सहयोग गर्ने परिसंघले जनाएको छ ।

‘वन तथा प्राकृतिक स्रोतको समुचित प्रयोग, हरित औद्योगिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनलाई प्राथमिकता, मोतीपुर र मयूरधाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्‍चालन गर्ने विषयले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछ’ एक विज्ञप्ति जारी गर्दै परिसंघले भनेको छ ।

उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमान्ड शुल्क पुनरावलोकन गर्दै विद्युत् महसुलमा छुट दिने, उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लिजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्‍न सक्‍ने विषयले औद्योगीकरणलाई प्रोत्साहन गर्ने परिसंघको भनाइ छ ।

स्वचालित रुपमा मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था, विवादित करमा थप १ प्रतिशत तिरेमा मुद्दा फिर्ता हुने, सोमा ब्याज, जरिबाना आदि नलाग्ने व्यवस्थालाई समेत परिसंघले व्यवहारिक भनेको छ । ‘धेरै उद्योगी तथा लगानीकर्ताहरू वर्षौंदेखि मुद्दामा अलमलिएका छन्’ विज्ञप्तिमा भनिएको छ ‘यस व्यवस्थाले उनीहरूलाई ठूलो राहत दिनेछ र उत्पादनमूलक कार्यमा ध्यान केन्द्रित गर्न सहयोग पुग्नेछ ।’

परिसंघले उठाउँदै आएको अस्वैच्छिक हक हस्तान्तरणमा आयकरको दफा ५७ नलाग्ने लगायतका प्रावधानले उद्योग–व्यवसायको उत्तराधिकार व्यवस्थापन, संस्थागत पुनर्संरचना तथा व्यवसाय विस्तारका क्रममा देखिएका जटिलताहरू हटाउने परिसंघको भनाइ छ ।

‘मुनाफा फिर्ता लैजाने, रोयल्टी फिर्तामा सहज गर्ने घोषणाले विदेशी लगानी आकर्षित गर्नेछ र लगानीमैत्री वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ’ परिसंघले भनेको छ ‘व्यक्तिगत आय करको सीमा १० लाख पुर्‍याउनु र अधिकतम दर १० प्रतिशत विन्दुले कम गर्नु अर्थतन्त्रका लागि महत्त्वपूर्ण कदम हो ।’

उपभोक्ताको क्रयशक्ति बढाउन सके मात्र उद्योग, व्यापार र सेवा क्षेत्रले गति लिन सक्ने भन्दै उसले यस सन्दर्भमा यी व्यवस्थाहरूले अर्थतन्त्रमा माग विस्तार गर्न सहयोग पुर्‍याउने जनाएको छ ।

‘निर्यातको सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा, हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र (इम्प्लोयमेन्ट लिङ्कड प्रोडक्सन जोन) सञ्‍चालन गर्ने, लगानी प्रवद्र्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानुनी प्रबन्ध गर्ने भनिएको छ’ विज्ञप्तिमा उल्लेख छ ‘उधारो असुली सम्बन्धी कानुन निर्माण गर्ने, लगानी प्रवर्द्धनका लागि दर्जनौं ऐन, नियम, कार्यविधि र निर्देशिकाको निर्माण, प्रतिस्थापन वा परिमार्जन गर्ने तथा यसअघि नै घोषणा गरिएका १५ वटा कानुन तुरुन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने विषयले लगानीकर्तालाई उत्साहित बनाएको छ।’

सरकारी निकायहरूको खारेजी तथा मर्जरको निर्णयले सरकारी कार्यक्षमतामा उल्लेखनीय सुधार ल्याउने र अनावश्यक खर्चमा कटौती हुने परिसंघले जनाएको छ । लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानुनी व्यवस्था गर्ने, विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गरी ‘टेक अर पे’ विधिमा नयाँ पीपीए गर्ने, पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष, अफसोर बण्ड, स्वच्छ ऊर्जा बण्ड, डायस्पोरा बण्ड र जलवायु कोषको उपयोग गर्ने जस्ता विषयले निजी लगानीलाई समेत आकर्षित गर्न खोजेको परिसंघको ठहर छ ।

साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न ‘फस्र्ट लस रिकभरी’ हुने गरी कर्जा सुरक्षण गर्ने, पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्‍चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्ने, निजी क्षेत्रबाट ग्रीन युरिया उत्पादन प्रवद्र्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने, उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानुनी प्रबन्ध गर्ने, स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रुपमा नेपाल इन्टरप्राइज फेसिलिटी स्थापना गर्ने विषय सकारात्मक रहेको परिसंघले जनाएको छ ।

‘वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउने, उच्च मूल्यका पर्यटक लक्षित रिसोर्ट तथा होटललाई भौतिक र वित्तीय प्रोत्साहन, आरोग्य पर्यटन ब्राण्डिङका विषयले अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ‘आन्तरिक उत्पादन प्रवद्र्धन तथा संरक्षण शुल्कले स्वदेशी उद्योग र नेपाली उत्पादनलाई संरक्षण गर्न सहयोग गर्ने, उद्योगले सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि गर्ने खर्च आय कर प्रयोजनका लागि कट्टी गर्न पाउने विषय स्वागतयोग्य छ ।’

बजेटमा केही महत्त्वपूर्ण विषय छुटेको पनि परिसंघले औंल्याएको छ । गुणस्तर प्रवद्र्धन तथा गुणस्तरीय वस्तु आयात गर्ने विषय बजेटमा छुटेको जनाएको छ । उत्पादनमुलक उद्योगलाई आवश्यक जग्गामा हदबन्दी नलाग्ने नीति अवलम्बन गरिनुपर्ने भनिएको छ । यसका लागि उद्योग दर्ता गर्दा दर्ता गर्ने निकाय समक्ष पेश गरी स्वीकृत भएको उद्योगले आफ्नो परियोजना वा स्किममा उल्लेख गरेसम्मको जग्गामा हदबन्दी नलाग्ने उल्लेख गरी यस्तो जग्गामा हदबन्दीसँग सम्बन्धित कुनै पनि प्रावधान लागू नहुने व्यवस्था गरिनुपर्ने विषय सम्बोधन नभएको परिसंघले जनाएको छ ।

उद्योग व्यवसायले सरकारको कुनै निकायमा भुक्तान गर्न बाँकी रहेको रकम र सरकारले सो उद्योगलाई भुक्तान वा फिर्ता गर्न बाँकी रहेको रकम हिसाव मिलान गर्न पाउने व्यवस्था भए उद्योगी व्यवसायी एवम् सरकारलाई पनि सहज हुने परिसंघले बताएको छ । बजेटले लिएको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, लगानी प्रवद्र्धन तथा अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको परिसंघको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अवैध लागु औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ का २५ वर्षीय असरफ अली छन् । उनलाई ललितपुरबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए । उनीबाट १५० ग्राम खैरो हेरोइनका साथै डिजिटल तराजु २ थान, लागु औषध लुकाइएको स्पीकर ४ थान बरामद ...
। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहजता भएपछि मुख्यमन्त्री यामलाल कंडेलले नै सरकारको नीति तथा कार्यक्रम वाचन गरेका छन् । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम बुधवारको प्रदेश सभा बैठकमा प्रस्तुत भइरहेको छ । सुरुमा प्रदेश प्रमुख जोशीले नै नीति तथा कार्यक्रम वाचन गरेका थिए । नीति तथा कार्यक्रमको प्रारम्भ वाचन ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न आग्रह गरेका छन् । ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ ओलीले भने । अहिलेको स्थिति धेरै नचल्ने उनले बताए । ‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो ...
। जनमत पार्टीका नेता डा सीके राउतले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर मधेशीलाई सफाया गर्ने र तह लगाउने रणनीति नहोस् भन्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले प्रधानमन्त्रीमा बालेनको विकल्प खडा गर्ने काम भइरहेको टिप्पणी गरेका हुन् । बालेनको नाम नलिई उनले उसको दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिएको उनको आरोप छ ...
। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर ...