मुख्य समाचार
लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्री फेरिने
लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्री फेरिने

। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्री फेरिने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन् ।

मुख्यमन्त्री आचार्यको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउने तयारी गरेका छन् ।

कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।

यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि मन्त्री हेरफेर रोकिएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ । खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् ।

एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन् । प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको छ ।

प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ । उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ ।

कांग्रेसले सरकारको नेतृत्व परिवर्तनको दवाव दिइरहेको भएपनि मुख्यमन्त्री आचार्यले बजेट ल्याएपछि अर्थात् असार १ गतेपछि मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् । नेपाली कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अवैध लागु औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ का २५ वर्षीय असरफ अली छन् । उनलाई ललितपुरबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए । उनीबाट १५० ग्राम खैरो हेरोइनका साथै डिजिटल तराजु २ थान, लागु औषध लुकाइएको स्पीकर ४ थान बरामद ...
। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहजता भएपछि मुख्यमन्त्री यामलाल कंडेलले नै सरकारको नीति तथा कार्यक्रम वाचन गरेका छन् । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम बुधवारको प्रदेश सभा बैठकमा प्रस्तुत भइरहेको छ । सुरुमा प्रदेश प्रमुख जोशीले नै नीति तथा कार्यक्रम वाचन गरेका थिए । नीति तथा कार्यक्रमको प्रारम्भ वाचन ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न आग्रह गरेका छन् । ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ ओलीले भने । अहिलेको स्थिति धेरै नचल्ने उनले बताए । ‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो ...
। जनमत पार्टीका नेता डा सीके राउतले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर मधेशीलाई सफाया गर्ने र तह लगाउने रणनीति नहोस् भन्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले प्रधानमन्त्रीमा बालेनको विकल्प खडा गर्ने काम भइरहेको टिप्पणी गरेका हुन् । बालेनको नाम नलिई उनले उसको दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिएको उनको आरोप छ ...
। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर ...