। केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ का ३० वर्षीय अनिल गुरुङ छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी मुद्रा सम्बन्धी कसुरमा २ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् ।
उनी जेनजी आन्दोलनको बेला कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।