मुख्य समाचार
संसद्‍मा पेस भैइसकेको करका दर सदन बाहिरबाट फेरिनु दण्डनीय कार्य भएको
संसद्‍मा पेस भैइसकेको करका दर सदन बाहिरबाट फेरिनु दण्डनीय कार्य भएको

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले संसद्‍मा पेस भैइसकेको करका दर सदन बाहिरबाट फेरिनु दण्डनीय कार्य भएको बताएका छन् ।

‘कानुनी शासनको धज्जी उडाउँदै गम्भीर अपराध गर्दै अर्थमन्त्री र मन्त्रालय,’ उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘सदनमा पेस भइसकेको करका दर फेर्न सदन बाहिरबाट पाइँदैन ।’




अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ जेठमा आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा अर्थमन्त्रालयले पटक–पटक हेरफेर गरेर अर्थ मन्त्रालयको वेबसाइटमा राखेको छ ।

संसद्‍मा पेस गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।




नेपाल सरकारले संसद्‌मा दर्ता गरेको आर्थिक विधेयक पृष्ठ ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो साइटमा राखेको यो विधेयकको पृष्ठ संख्या ४४८ छ ।

यो विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रमुख सचेतक दुलालले आपत्ति जनाएका हुन् ।

‘विधिको हिसावले मन्त्रिपरिषद्‍बाट स्वीकृतिपछि मात्र विधेयक संसद्‍मा पेस भएको हुन्छ । संसद्‍मा पेस भएको विधेयक संसद्‍ले मात्र संशोधन गर्न सक्छ,’ उनले लेखेका छन् ।

बजेट र करको महत्त्व के हो भनेर पनि उनले प्रष्ट्याउने प्रयास गरेका छन् ।

उनी भन्छन्, ‘बजेट बनाउँदा मन्त्रिपरिषद्‍मा पनि जानकारी नदिई पास गरिने विषय हो करका दर । किनकी यसमा ठूलो चलखेल हुन्छ भनेर करका दर संसद्‍मा पेस नहुँदासम्म अर्थमन्त्री र मन्त्रालयका सीमित कर्मचारी बाहेक अरूलाई थाह नै हुँदैन ।’

यस्तो विषयमा समेत लापरबाही भएको भन्दै उनले खबरदारी गरेका हुन् ।

उनी थप्छन्, ‘त्यति गम्भीर विषयमा यो स्तरको लापरबाही गर्न कानुनी र व्यावहारिक दुवै हिसावले दण्डनीय छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...