। जेनजी आन्दोलनमा कारागारबाट फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रसुवाको आमाछोईदिङमो गाउँपालिका–४ का ४५ वर्षीय दावा छिरिङ तामाङ छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनी मुद्रासम्बन्धी कसुरमा २ वर्षको कैद सजाय भुक्तान गर्दै थिए । सोही क्रममा जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार भएका हुन् ।
उनलाई नख्खु कारागार पठाइएको प्रहरीले बताएको छ ।