मुख्य समाचार
राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न आग्रह
राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न आग्रह

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न आग्रह गरेका छन् ।

‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ ओलीले भने । अहिलेको स्थिति धेरै नचल्ने उनले बताए ।

‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेताहरुप्रति असन्तुष्टि जनाएका छन् । एमालेको नेतृत्वबाट ओलीलाई हटाउन अभियानलाई उनले ‘भ्रम’ भनेका छन् । ‘आफ्नै भर्त्सना गर्ने, आफैंले कमी गरियो भनेर भर्त्सना गर्ने,’ ओलीले भने, ‘केही पाइएन भने शीर चाहिँ काटेर टेबलमा राखिदियो भने शिर बिनाको भयो भने पार्टी मज्जाले बढ्छ कुद्छ भन्ने ।’
। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन् । सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा उनले असन्तुष्टि जनाएका हुन् । ‘बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो,’ ओलीले भने ।
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी गरेका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । संसद्मा कुनै कार्यक्रम नै तय नभइ के का लागि र कसका लागि ? यो प्रश्न सोधिएको भन्ने ओलीको प्रश्न थियो ...
। नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिको तथ्य खोजेको छ । तथ्य दिन नसके माफी माग्नुपर्ने आग्रह गरेको छ । ‘उक्त अभिव्यक्ति पुष्टि गर्ने ठोस प्रमाण छन् भने जनतासमक्ष पेस गरिनुपर्छ । छैन भने उहाँले क्षमता याचना गर्नुपर्छ’ नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले भने । उनले राष्ट्रिय सभाको बैठकमा यस्तो बताएका हुन् । ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप पनि लगाएका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले राष्ट्रपतिले धमाधम गर्न नहुने काम गर्दै गएको बताए । ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन । संविधान विपरीत प्रतिनिधिसभा ...