मुख्य समाचार
ओलीले जेनजी आन्दोलनको क्रममा गोली चल्दा आफूविरुद्ध कसरी फौजदारी कसुर हुन्छ ? भनी प्रश्न गरे
ओलीले जेनजी आन्दोलनको क्रममा गोली चल्दा आफूविरुद्ध कसरी फौजदारी कसुर हुन्छ ? भनी प्रश्न गरे

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा गोली चल्दा आफूविरुद्ध कसरी फौजदारी कसुर हुन्छ ? भनी प्रश्न गरेका छन् ।

एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले आफू बुवाको मृत्युपछि काम सकेर बसेको भोलिपल्टै धरपकड गरेर पक्राउ गरिएकोप्रति आपत्ति जनाए ।

‘चुनावपछि मेरो बुवा बित्नुभयो । म १३ दिनको काममा बसेको भोलिपल्ट सरकार गठन भयो । सरकारले हतारहतार क्याबिनेट बसेर पहिलो निर्णय पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तुरुन्त पक्राउ गर्न भनेर रातभर बलजफ्ती गरेर ठाडो पक्राउ पुर्जी विशेष पुर्जी भनेर बिना आधारको गौरीबहादुर कार्कीको हावा प्रतिवेदन, त्यस प्रतिवेदनको आधारमा गिरफ्तार गर्ने भनेर,’ ओलीले भने, ‘यो दफा त्यो दफा भनेर । फौजदारी कसरी हुन्छ ? म बालुवाटारमा छु, बानेश्वरमा गोली काण्ड भएको छ ।’

उनले आफूलाई एकैसाथ सुरक्षा निकायलाई निर्देशन गरेको पनि जिकिर गरे ।

‘मैले भरसक सुरक्षा निकायलाई राम्रो गर्नू भनेर एकैसाथ निर्देशन गरेको छु । तैपनि परिस्थिति पर्‍यो होला । के परिस्थिति पर्‍यो प्रहरीले जान्ने कुरा हो । सरकारी सम्पत्ति जोगाउन उसले गोली चलाउँछ होला नि ?,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आवेदन दिएपछि मात्रै पार्टीले सदस्यता दिएको जानकारी गराएका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले पूर्वराष्ट्रपति भण्डारी २०३७ सालदेखि नै एमालेको सदस्य रहेको र बीचमा राष्ट्रपति भएको समयमा उनको सदस्यता निष्क्रिय रहेकोबारे स्पष्ट रहन आग्रह गरे । ‘विद्या ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेताहरुप्रति असन्तुष्टि जनाएका छन् । एमालेको नेतृत्वबाट ओलीलाई हटाउन अभियानलाई उनले ‘भ्रम’ भनेका छन् । ‘आफ्नै भर्त्सना गर्ने, आफैंले कमी गरियो भनेर भर्त्सना गर्ने,’ ओलीले भने, ‘केही पाइएन भने शीर चाहिँ काटेर टेबलमा राखिदियो भने शिर बिनाको भयो भने पार्टी मज्जाले बढ्छ कुद्छ भन्ने ।’
। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन् । सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा उनले असन्तुष्टि जनाएका हुन् । ‘बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो,’ ओलीले भने ।
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी गरेका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । संसद्मा कुनै कार्यक्रम नै तय नभइ के का लागि र कसका लागि ? यो प्रश्न सोधिएको भन्ने ओलीको प्रश्न थियो ...
। नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिको तथ्य खोजेको छ । तथ्य दिन नसके माफी माग्नुपर्ने आग्रह गरेको छ । ‘उक्त अभिव्यक्ति पुष्टि गर्ने ठोस प्रमाण छन् भने जनतासमक्ष पेस गरिनुपर्छ । छैन भने उहाँले क्षमता याचना गर्नुपर्छ’ नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले भने । उनले राष्ट्रिय सभाको बैठकमा यस्तो बताएका हुन् । ...