मुख्य समाचार
कोइलाखानी विस्फोट घटनामा एक चिनियाँ कम्युनिस्ट नेता अनुसन्धानमा तानिए
कोइलाखानी विस्फोट घटनामा एक चिनियाँ कम्युनिस्ट नेता अनुसन्धानमा तानिए

चीनको मध्यक्षेत्रमा पर्ने एक कोइला खानीमा भएको ग्यास विस्फोटको घटनालाई लिएर अधिकारीले काउन्टी तहका कम्युनिस्ट पार्टी प्रमुखमाथि अनुसन्धान सुरु गरेका छन् ।

मंगलबार राति ‘प्रोभिन्सियल डिसिप्लिन इन्स्पेक्सन एन्ड सुपरभाइजरी कमिसन’ले सोधपुछको प्रक्रिया अघि बढाएको हो ।




कमिसनका अनुसार चाङ्झी सहरअन्तर्गत पर्ने चिनयुआन काउन्टीका पार्टी सचिव ५२ वर्षीय झाओ योङ्जिनमाथि अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आशंका गरिएको छ ।

गत मे २२ मा लिउसेनयु कोइला खानीमा भएको भीषण विस्फोटमा परि ८२ जनाको मृत्यु भएको थियो, भने दुई जना अझै बेपत्ता छन् ।




यो दुर्घटना चीनमा विगत एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक खानी दुर्घटना हो । यस घटनापछि चाङ्झीका स्थानीय अधिकारीहरूले खानी मालिकहरूमाथि कानुनको गम्भीर उल्लंघन गरेको आरोप लगाएका थिए ।

प्रारम्भिक अनुसन्धानले खानी क्षेत्रमा सुरक्षा सम्बन्धी ठुलो लापरबाही र उत्पादन प्रणालीका धेरै ठाउँमा गम्भीर कमजोरीहरू रहेको देखाएको छ । खानीमा कार्यरत मजदुर र उद्योग विज्ञहरूले पनि सो खानीको व्यवस्थापन निकै कमजोर रहेको, कामदारहरूसँग पर्याप्त उपकरण नभएको र अवैध रूपमा खानी उत्खनन भइरहेको बताएका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनपिङले यस घटनाको गहिरो अनुसन्धान गर्न र दोषीलाई जबाफदेही बनाउन निर्देशन दिएका छन् । उनले यस दुर्घटनाबाट पाठ सिक्दै कार्यस्थलमा हुने जोखिमहरूलाई पूर्ण रूपमा हटाउनका लागि प्रयासहरू तीव्र पार्नुपर्नेमा जोड दिएका छन् ।

अनुसन्धानको घेरामा परेका नेता झाओ लामो समयदेखि सोही क्षेत्रमा कार्यरत थिए । उनले सन् १९९३ मा चाङ्झी ग्रामीण आर्थिक व्यवस्थापन ब्युरोबाट सामान्य कर्मचारीको रूपमा आफ्नो राजनीतिक र प्रशासनिक यात्रा सुरु गरेका थिए ।

सन् २००३ मा उनी चिनयुआन काउन्टीको उपप्रमुख नियुक्त भए । त्यसपछि विभिन्न पदहरू सम्हाल्दै उनी सन् २०२१ मा काउन्टीको पार्टी सचिव बनेका थिए । पदभार ग्रहण गर्दा उनले जनताको अपेक्षा कहिल्यै मर्न नदिने वाचा गरेका थिए ।

चिनयुआन काउन्टीमा कोइलाको प्रचुर भण्डार छ । यहाँ करिब १२ अर्ब ८० करोड टन कोइला सञ्चित रहेको अनुमान छ । यस काउन्टीमा वार्षिक ३ करोड ५२ लाख टन उत्पादन क्षमता भएका ३० वटा कोइला खानीहरू सञ्चालनमा छन् ।

दुर्घटना हुनुभन्दा केही महिनाअघि मात्र पार्टी सचिव झाओले सोही लिउसेनयु खानीको निरीक्षण गरेका थिए । गत फेब्रुअरीमा आयोजित एक सरकारी बैठकमा उनले खानी सुरक्षाका विषयमा सतर्क रहनुपर्ने र जोखिमहरूलाई रोक्नुपर्ने भाषण समेत दिएका थिए ।

तर, आफ्नै क्षेत्रको खानीमा यति ठुलो सुरक्षा लापरबाही र मानवीय क्षति भएपछि उनी अहिले भ्रष्टाचार विरोधी निकायको अनुसन्धानमा तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...