मुख्य समाचार
‘डन ३’ विवादमा रणवीरविरुद्धको प्रतिबन्ध फिर्ता
‘डन ३’ विवादमा रणवीरविरुद्धको प्रतिबन्ध फिर्ता

। बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ ।

डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ ।

भारतीय मोशन पिक्चर प्रोड्युसर्स एसोसिएसन र सिने एन्ड टिभी आर्टिस्ट्स एसोसिएसन लगायत अन्य फिल्म संस्थाहरूको आग्रहपछि यो निर्णय लिइएको बताइएको छ ।

बुधबार मुम्बईमा सञ्चारकर्मीसँग कुरा गर्दै संगठनका प्रमुख सल्लाहकार अशोक पण्डितले भने, ‘हाम्रो अघिल्लो पत्रकार सम्मेलनपछि हामीले अन्य चलचित्र संस्थासँग सहयोग मागेका थियौं । हामीलाई आईएमपीपीए र प्रोड्युसर्स गिल्ड अफ इन्डियाबाट प्रतिक्रिया प्राप्त भयो ।’

प्रोड्युसर्स गिल्ड अफ इन्डियाले अभिनेता सिंहले अन्तिम समयमा ‘डन ३’ छाडेको घटनाको आलोचना गर्दै त्यसबाट निर्माण कम्पनी एक्सेल इन्टरटेन्मेन्टलाई क्षति पुगेको जनाएको छ । तर समग्र फिल्म उद्योगको हितलाई ध्यानमा राख्दै असहयोग निर्देशन फिर्ता लिन आग्रह गरेको थियो ।

पण्डितले भने, ‘उहाँहरूको आग्रह र चलचित्र उद्योगको व्यापक हितलाई ध्यानमा राख्दै हामी रणवीर सिंहविरुद्धको निर्देशन तत्काल प्रभावबाट फिर्ता लिन्छौं ।’ उनले रणवीर सिंह, एक्सेल इन्टरटेन्मेन्ट र सम्बन्धित सबै चलचित्र संस्थालाई एउटै टेबलमा बसेर मैत्रीपूर्ण ढंगले विवाद समाधान गर्न आग्रह पनि गरेका छन्, ताकि कुनै पक्षले आफूलाई अन्याय भएको महसुस नगरोस् ।

उनले थपे, ‘हामीले सुरुदेखि नै प्रोड्युसर्स गिल्डले अहिले भनेकै कुरा भन्दै आएका थियौं । सबै पक्ष बसेर समाधान खोज्नु नै हाम्रो उद्देश्य थियो । हामी रणवीर सिंहलाई पनि अगाडि आएर सौहार्दपूर्ण रूपमा विषय टुंग्याउन आग्रह गर्छौं । उहाँ अझ ठूलो स्टार बन्नुहोस् भन्ने हाम्रो शुभेच्छा छ ।’

संगठनले रणवीर र वरिष्ठ निर्माता टीपी अग्रवाल दुवैबाट कानुनी नोटिस प्राप्त भएको पुष्टि गरेको छ । संगठनका अध्यक्ष बीएन तिवारीले भने, ‘हामी कुनै दबाबमा झुकेका छैनौं । ७० वर्ष पुरानो संस्थाको रूपमा हामीले यस्ता धेरै कानुनी नोटिस सामना गरेका छौं । हाम्रो चाहना सबै पक्षले चाँडै समाधान खोजून् भन्ने मात्र हो ।’

उनले रणवीर व्यक्तिगत रूपमा अगाडि आएर संवाद गर्ने अपेक्षा गरिएको भए पनि उनको टोलीले गलत सल्लाह दिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...
। अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले योगगुरु बाबा रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी वा बेडरुमबारे सपना नदेख्न भनेकी छन् । कंगनाले ‘जेनेरेसन गटर’ सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर बाबा रामदेवले त्यसलाई ‘बिग्रिएको दिमागको संकेत’ भनेपछि उनले प्रतिक्रिया जनाएकी हुन् । कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत बाबा रामदेवलाई जवाफ दिँदै लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमबारे ‘डे-ड्रिम’ ...