मुख्य समाचार
दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन्
दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन्

। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक भने २३९ नै यथावत् छ ।

हाल नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो ।

उक्त खेलमा दीपेन्द्रले ब्याटिङ गर्ने पालो नै आएन । बलिङमा पनि विकेट लिएनन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२८ यथावत् छ ।

भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । उनको रेटिङ अंक २९९ नै छ । तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।

अजमतुल्लाह ओमरजाइ चौथोमा तथा वेस्ट इन्डिजका रस्टन चेज पाँचौंमा उक्लिएका छन् । दीपेन्द्रकै समान २३९ अंक चेजको पनि छ । दुवैजना पाँचौंमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) फुटबलको चौथव सिजनका लागि विस्तार प्रक्रिया सुरु गरेको छ । लिगले आगामी सिजनदेखि होम एन्ड अवे फर्म्याटमा प्रतियोगिता सञ्चालन गर्ने तयारीसँगै तीन नयाँ टोली थप्ने घोषणा गरेको हो । एनएसएलका अध्यक्ष श्रेयान्स कार्कीले जारी गरेको विज्ञप्तिका अनुसार ५ सेप्टेम्बर २०२६ देखि सुरु हुने चौथो सिजनमा हाल रहेका सात टोलीसँगै तीन नयाँ ...
। नेपाली क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले आईसीसी टी-२०आई ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार भुर्तेल २ स्थान सुधार गर्दै ६४औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक ४९६ भएको छ । नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा नेपालले आइतबार चीनलाई पराजित गरेको ...
। नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने आईसीसी टी-२०आई बलिङ वरियतामा तीन स्थान खस्किएका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार सन्दीप ३ स्थान तल झरेका हुन् । उनी ५८औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ५२५ छ । यस्तै दीपेन्द्रसिंह ऐरी पनि ४ स्थान खस्किएर ७७औं स्थानमा पुगेका छन् । दीपेन्द्र अलराउन्डर वरियतामा पनि ...
। इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक नियुक्तिका लागि एन्डोनी इराओलासँग मौखिक सहमति गरेको छ । यससँगै उनी बर्खास्तीमा परेका आर्ने स्लटको स्थानमा लिभरपुलको नयाँ प्रशिक्षक बन्ने नजिक पुगेका छन् । गत सिजनको अन्त्यमा प्रिमियर लिगकै क्लब एएफसी बर्नमाउथ छाडेका ४३ वर्षीय स्पेनी प्रशिक्षक इराओला एनफिल्डको जिम्मेवारी सम्हाल्ने प्रमुख दाबेदार थिए । द एथलेटिकका अनुसार ...
। अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टोली सिड्नी थन्डरले इंग्ल्याण्डका दिग्गज अलराउन्डर एन्ड्र्यु फ्लिनटफलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । क्लबले मंगलबार औपचारिक रूपमा घोषणा गर्दै फ्लिनटफसँग दुई वर्षको सम्झौता भएको पुष्टि गरेको हो । यससँगै उनी सिड्नी थन्डरको मुख्य प्रशिक्षक बनेर पहिलो पटक अस्ट्रेलियाली फ्रेन्चाइज लिगमा कोचिङ जिम्मेवारी सम्हाल्ने भएका छन् । फ्लिनटफले यसअघि ब्रिस्बेन ...