मुख्य समाचार
धनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ
धनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ

। धनकुटामा एक युवक भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका वडा नं. ९ खुलाल टोलबाट स्थानीय २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा पक्राउ रिएको धनकुटा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । पक्राउ परेका राई माथि जिल्ला अदालत धनकुटाबाट बिहीबार नै ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगार विभागले केयरगिभरको तालिम लिएका व्यक्तिहरूको विवरण माग गरेको छ । विभागले केयरगिभर तालिम प्रदायक संस्थाहरूसँग सुरुदेखि हालसम्म तालिम लिएका व्यक्तिहरूको विवरण ३ दिनभित्र उपलब्ध गराउन भनेको हो । विभाग, सीटीईभीटी, एनएभीटीमा दर्ता भएका तालिम प्रदायक संस्थासँग प्रारम्भदेखि हालसम्म केयरगिभर तालिम लिएका प्रशिक्षार्थीहरूको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपति जनाएका छन् । नेकपा एमालेले आजदेखि आयोजना गरेको दुई दिने कार्यशालालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राष्ट्रपति पौडेल रबरस्ट्याम्प बनेको आरोप लगाए । उनले राष्ट्रपतिले बडो जुक्तिका साथ लोकतन्त्र जोगाएको बताए पनि राष्ट्रपति रबरस्ट्याम्पको रुपमा प्रयोग भएको टिप्पणी गरेका ...
। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना विकास हुने बताएका छन् । उनले खेलका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए । राष्ट्रिय खेलकुद परिषदद्वारा बुधबार आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, ...
: बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिलामा आपसी विवादका क्रममा एक युवकको हत्या भएको छ। स्थानीय १९ वर्षीय टेकेन्द्र रावतको ढुंगा प्रहारबाट ३२ वर्षीय निर रावतको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधबार राति दुई पक्षबीच सामान्य विवाद हुँदा टेकेन्द्रले निरमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट गम्भीर घाइते भएका निरको घटनास्थलमै मृत्यु भएको प्रहरी ...
। रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको ज्यान गएको छ । बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खोलाको भेलमा बगेर रातामाटाकै निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको मृत्यु भएको हो । साँझ पौने ६ बजे घटनाबारे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी ...