मुख्य समाचार
ट्रम्पले लेबनानमा जारी इजरायली सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग तीव्र असन्तुष्टि व्यक्त
ट्रम्पले लेबनानमा जारी इजरायली सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग तीव्र असन्तुष्टि व्यक्त

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा जारी इजरायली सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

ट्रम्पले सोमबार नेतान्याहुसँग फोनवार्ता गर्दै आक्रोश पोखेका हुन्। अमेरिकी सञ्चारमाध्यम 'एक्सियोस'को रिपोर्ट अनुसार, आक्रोशित ट्रम्पले नेतान्याहुलाई 'पागल'सम्म भन्नुको साथै अपशब्द समेत प्रयोग गरेका थिए।

लेबनानमाथि इजरायलले गरेको आक्रमणपछि इरानले सोमबार एक चेतावनी जारी गरेको थियो। इरानले इजरायली सैन्य कारबाही नरोकिए अमेरिकासँग जारी वार्ता रद्द गर्न सक्ने चेतावनी दिएपछि ट्रम्प नेतान्याहुसँग क्रुद्ध बनेका हुन्। त्यसलगत्तै ट्रम्पले नेतान्याहुलाई फोन गरेका थिए।



सूत्रहरूका अनुसार ट्रम्पले आक्रोशित हुँदै भनेका थिए–'के तिमी पागल भएका हौ ? आखिर तिमी के गरिरहेका छौ ? मलाई एउटा गुन लगाऊ। यदि म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ। म तिमीलाई बचाइरहेको छु, तर अहिले सबैजना तिमीसँग आक्रोशित छन्। इजरायलसँग पनि सबैको आक्रोश चुलिएको छ।'

अमेरिकी अधिकारीहरूका अनुसार लेबनानमा इजरायली आक्रमणका कारण ठूलो सङ्ख्यामा आम नागरिक मारिएको र हिजबुल्लाहका एक कमाण्डरलाई निशाना बनाउने बहानामा पूराका पूरा भवनहरू ध्वस्त पारिएको घटनाप्रति ट्रम्प विशेष रूपमा चिन्तित र आक्रोशित बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ । इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कूटनीतिक प्रयासपछि सिरिया र इजरायलसँग समझदारी बनेको थियो । ...
। रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन्। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले ...
। बंगलादेशमा ३५ वर्षको लामो अन्तरालपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ । स्थानीय समय अनुसार संसदमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनमा सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ । यसै वर्ष १२ फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्किएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक वा अन्य प्रकारको सहयोग गर्ने देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक दबाब अभियान अघि बढाउने संकेत गर्दै त्यसमा सहयोग गर्ने कुनै पनि देश, कम्पनी वा संस्थालाई नछाडिने बताएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशमाथि ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने सामानमा प्रस्तावित ५० प्रतिशत ट्यारिफ तीन दिनका लागि रोक्ने घोषणा गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै लेखेका छन्, ‘मैले क्यानाडामाथि लाग्ने ५० प्रतिशत ट्यारिफ तीन दिनका लागि रोकेको छु। यो ट्यारिफ भोलि बिहानदेखि कार्यन्वयन हुनेवाला थियो। कागजातहरूलाई अन्तिम रूप दिएपछि क्यानाडा र अमेरिकाबीच सम्झौता भएकाले यसलाई ...