मुख्य समाचार
भक्तपुरमा श्रीमानले गरे श्रीमतीको हत्या
भक्तपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

। भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ ।

काठमाडौं शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई आर्मी व्यारेक पछाडि डेरा गरी बस्ने ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या भएको हो ।

सलिनाको हत्या उनकै श्रीमान ३८ वर्षीय विदुर विश्वकर्माले गरेको र प्रहरीले जनाएको छ । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

बुधबार बेलुकी पौने आठ बजे घरायसी विवादको क्रममा विदुरले सलिनामाथि खुकुरी प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिए ।

आमा–बुवाको झगडा छुटाउन गएका उनीहरुका आठ वर्षीय छोरालाई समेत खुकुरी प्रहारको घाउ रहेको प्रहरीले जनाएको छ । भक्तपुर अस्पतालमा उपचार गरी उनी भने डिस्चार्ज भइसकेका छन् । हाल ती बालकलाई प्रहरी परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) सूर्य बहादुर खड्काको कमाण्डमा अनुसन्धान अधिकृत सहितको टोली खटिएको थियो । हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका पेजहरू हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भूल गरेको आरोप लगाएको छ । बुधबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाए । वर्तमान सरकारले एक पछि अर्को ...
। गत २ जेठमा मधेश प्रदेशकी तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी शर्माको क्वार्टरमा दुई कर्मचारीबीच योजना कार्यान्वयनबारे विवाद भयो । मन्त्री तिवारी र सचिव दिलिपकुमार ठाकुरकै अगाडि अश्लिल शब्दमा एकअर्काबीच गालीगलोज मात्र भएन, हात हालाहालकै स्थिति बन्यो । यो विवाद शिक्षा इकाइमा कार्यरत अधिकृत लक्ष्मण राम र मन्त्रालयका लेखा अधिकृत सुशीलकुमार यादवबीच भएको थियो ...
। ‘मैले त्यसै बेला भनेको थिए, आयोगमा बयान दिन्न । मैले बयान दिईनँ, तर आयोगले बयान दियो भनेर छाप्यो । म त्यसको धेरै लफडामा जान चाहन्न । आयोगले मलाई प्रश्नपत्र पठाएको थियो, मैले बुझ्न पनि मानिन, बुझ्दा पनि बुझिनँ । यो आयोगलाई मान्यता दिन्न, म पत्र बुझ्दिन भनेर पठाइदिए । त्यो कुरा नगरेर उनीहरुले बयान दियो ...
: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा बुधबार भएको एक घण्टा लामो कुराकानी सामान्य शिष्टाचार मात्र नभई दुई मुलुकबीचको सम्बन्धलाई पुनः परिभाषित गर्नेतर्फ केन्द्रित रहेको छ। भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई प्राथमिक साझेदारको रूपमा लिएको बताएका छन्। त्यस्तै लामिछानेले नेपालको विकास साझेदारीमा जोड दिएका छन्। ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारतबीचका विभिन्न विषयको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेसँगको भेटमा मोदीले दुई देशबीचका विषयलाई प्राथमिकता दिएर काम गर्न प्रतिवद्ध रहेको जनाएका हुन् । ‘आज पार्टी सभापतिसहित हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौं । हिजो भारतका गृहमन्त्री, परराष्ट्रमन्त्री भेट्यौँ ...