मुख्य समाचार
दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या
दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या

: दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् । उनले धारिलो हतियार हँसिया प्रहार गरी छोराको हत्या गरेका हुन् । मंगलबार राति दैलेखको नारायण नगरपालिका–९ सालखर्क बस्ने ७० वर्षीय कबिराज थापाले आफ्नै छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार मादक पदार्थ सेवन गरी सामान्य वाद–बिवादमा कविराजले आफ्नै छोरा ४५ वर्षीय यादब थापालाई हँसियाले शरीरको विभिन्न भागमा प्रहार गरेका थिए । धारिलो हतियारबाट घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याईएको थियो ।

अस्पतालमा चेकजाँचका क्रममा डाक्टरले यादवको बाटोमा नै मृत्यु भएको घोषणा गरेका थिए । आफ्नै छोरालाई धारिलो हतियार प्रहार गर्ने कबिराज थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई घरबाटै हँसियासहित नियन्त्रणमा लिइएको छ । ती व्यक्तिलाई प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान थालिएको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘मैले त्यसै बेला भनेको थिए, आयोगमा बयान दिन्न । मैले बयान दिईनँ, तर आयोगले बयान दियो भनेर छाप्यो । म त्यसको धेरै लफडामा जान चाहन्न । आयोगले मलाई प्रश्नपत्र पठाएको थियो, मैले बुझ्न पनि मानिन, बुझ्दा पनि बुझिनँ । यो आयोगलाई मान्यता दिन्न, म पत्र बुझ्दिन भनेर पठाइदिए । त्यो कुरा नगरेर उनीहरुले बयान दियो ...
: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा बुधबार भएको एक घण्टा लामो कुराकानी सामान्य शिष्टाचार मात्र नभई दुई मुलुकबीचको सम्बन्धलाई पुनः परिभाषित गर्नेतर्फ केन्द्रित रहेको छ। भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई प्राथमिक साझेदारको रूपमा लिएको बताएका छन्। त्यस्तै लामिछानेले नेपालको विकास साझेदारीमा जोड दिएका छन्। ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारतबीचका विभिन्न विषयको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेसँगको भेटमा मोदीले दुई देशबीचका विषयलाई प्राथमिकता दिएर काम गर्न प्रतिवद्ध रहेको जनाएका हुन् । ‘आज पार्टी सभापतिसहित हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौं । हिजो भारतका गृहमन्त्री, परराष्ट्रमन्त्री भेट्यौँ ...
: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले आगामी आर्थिक बर्षको लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनले नीति तथा कार्यक्रम मार्फत समग्र कर्णालीको विकास, सुशासन र समृद्धिको नयाँ मार्गचित्र अघि सारेको बताए । प्रदेशसभाको आठौँ ...
। झापाको मेचीनगर नगरपालिका–७ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर– ७ सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारी तर्फ जाँदै गरेको होलिबेल इंग्लिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाइकल ...