मुख्य समाचार
झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

। झापाको मेचीनगर नगरपालिका–७ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मेचीनगर– ७ सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारी तर्फ जाँदै गरेको होलिबेल इंग्लिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।




प्रहरीका अनुसार मोटरसाइकल चालक मेचीनगर–७ का २१ वर्षीय अजय राजवंशी र पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझी गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । अस्पताल पुर्‍याएलगतै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनापछि प्रहरीले बस र चालक मेचीनगर– ११ का ४५ वर्षीय निरेन धिमाललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले उल्लेख गरेका छन् । लामिछानेका ...
। कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चार/चार, भक्तपुर र नवलपरासीबाट तीन/तीन, काठमाडौँ र रुपन्देही दुई/दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक/एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको ...
। नेपाली कांग्रेसको सदस्यताको अद्यावधिक एकैदिनमा ६२ हजारले गरेका छन् । वैशाख १ गतेबाट सुरु भएको सदस्यताको अद्यावधिकमा हालसम्म एकैदिनमा अद्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ । सदस्यता अद्यावधिकका लागि जेठ २१ को मध्यरातसम्म अवधि छ । कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते (हिजो) एक दिनमा ६१ हजार ८२५ जनाले ...
। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका पेजहरू हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भूल गरेको आरोप लगाएको छ । बुधबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाए । वर्तमान सरकारले एक पछि अर्को ...