मुख्य समाचार
एकैदिन ६२ हजारले गरे कांग्रेस सदस्यता अद्यावधिक
एकैदिन ६२ हजारले गरे कांग्रेस सदस्यता अद्यावधिक

। नेपाली कांग्रेसको सदस्यताको अद्यावधिक एकैदिनमा ६२ हजारले गरेका छन् । वैशाख १ गतेबाट सुरु भएको सदस्यताको अद्यावधिकमा हालसम्म एकैदिनमा अद्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ ।

सदस्यता अद्यावधिकका लागि जेठ २१ को मध्यरातसम्म अवधि छ । कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते (हिजो) एक दिनमा ६१ हजार ८२५ जनाले सदस्यता अद्यावधिक गरेका छन् । दुलालले भने,‘हिजो करिब ६२ हजारले अद्यावधिक गरे । आज पाँच बजेसम्म ४७ हजार पुगेको छ । आज अबेर रातिसम्म हिजोको जति नै संख्या पुग्ने देखिन्छ ।’

पार्टीले सदस्यता अद्यावधिक गर्ने निर्णय लिएपछि पार्टीको अर्को पक्ष असन्तुष्ट बनेको छ । पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले अद्यावधिकको विरोध गर्दै आएको छ । पार्टी संस्थापन पक्षले अद्यावधिक गर्नैपर्ने अडान राखेर नेताहरुलाई जिम्मेवारी दिएर प्रदेशगत खटाएको छ ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले अद्यावधिकको बारेमा नेता कार्यकर्तालाई प्रदेशहरुमा कार्यक्रम गराएर जानकारी गराएको छ । पछिल्लो समय अनलाइनबाट अद्यावधिक गर्ने कार्यलाई सहज बनाइएपछि संख्या उल्लेख्य बढेको सदस्यता व्यवस्थापन समितिले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले उल्लेख गरेका छन् । लामिछानेका ...
। कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट नौ, झापा र मोरङबाट चार/चार, भक्तपुर र नवलपरासीबाट तीन/तीन, काठमाडौँ र रुपन्देही दुई/दुई, तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक/एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको ...
। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका पेजहरू हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भूल गरेको आरोप लगाएको छ । बुधबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाए । वर्तमान सरकारले एक पछि अर्को ...
। गत २ जेठमा मधेश प्रदेशकी तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी शर्माको क्वार्टरमा दुई कर्मचारीबीच योजना कार्यान्वयनबारे विवाद भयो । मन्त्री तिवारी र सचिव दिलिपकुमार ठाकुरकै अगाडि अश्लिल शब्दमा एकअर्काबीच गालीगलोज मात्र भएन, हात हालाहालकै स्थिति बन्यो । यो विवाद शिक्षा इकाइमा कार्यरत अधिकृत लक्ष्मण राम र मन्त्रालयका लेखा अधिकृत सुशीलकुमार यादवबीच भएको थियो ...