मुख्य समाचार
इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति
इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति

: इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले एक विज्ञप्ति जारी गर्दै यसको औपचारिक पुष्टि गरेको हो।

अमेरिकी मध्यस्थतामा भएको यो युद्धविराम पूर्ण रूपमा सफल हुनका लागि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले आफ्ना सम्पूर्ण आक्रमणहरू रोक्नुपर्ने लगायतका कडा सर्तहरू राखिएका छन्।

गत बुधबार दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको थियो। त्यसको जवाफमा हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि गत अप्रिलमा भएको अस्थिर युद्धविरामको प्रयास संकटमा परेको थियो। त्यसलगत्तै यो नयाँ सहमति सार्वजनिक भएको हो। सम्झौताअनुसार इजरायलको नियन्त्रणमा रहेको दक्षिण लेबनानको सीमा क्षेत्रदेखि 'लिटानी नदी' सम्मको भूभागबाट हिजबुल्लाहका सम्पूर्ण लडाकुहरू पूर्ण रूपमा हट्नुपर्नेछ।



यस्तै, अमेरिकाको मार्गनिर्देशनमा लेबनानमा केही विशेष 'पाइलट जोन' हरू निर्माण गरिनेछ। ती क्षेत्रहरूमा कुनै पनि गैर-राज्य सशस्त्र समूहलाई निषेध गर्दै लेबनानी सेना (LAF) लाई मात्र पूर्ण र विशेष नियन्त्रणको अधिकार दिइनेछ।

अमेरिकी विज्ञप्तिमा भनिएको छ, 'इजरायल र लेबनानबीचको भविष्यको सम्बन्ध कस्तो हुने भन्ने कुरा यी दुई सार्वभौम सरकारहरूले मात्र तय गर्नुपर्छ भन्नेमा सबै देश सहमत छन्। लेबनानको भविष्यलाई कुनै पनि राज्य वा गैर-राज्य शक्तिले बन्धक बनाउने प्रयासलाई उनीहरूले अस्वीकार गरेका छन्।'

यो घोषणा सोमबार भएको आंशिक युद्धविरामको सहमति पछि आएको हो। सोमबारको सहमति अनुसार हिजबुल्लाहले इजरायलमा आक्रमण नगर्ने सर्तमा इजरायलले लेबनानको राजधानी बेरुतमा बमबारी रोक्न सहमति जनाएको थियो।

दुवै देश आगामी जुन २२ मा पुनः बैठक बस्नेछन्, जहाँ एउटा विस्तृत शान्ति सम्झौता (Comprehensive Agreement) मा पुग्नका लागि थप वार्ता हुनेछ। यस घोषणाका बारेमा हिजबुल्लाहले भने अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...
। यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् । हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् । सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’ स्रोतले बताए अनुसार ...
। जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो। टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको ...
। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ। युनिफिलले एक्समा लेखेको छ, ‘विगत दुई सातामा दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधिमा ठूलो वृद्धि देखिएको छ। अगस्ट ५ देखि १६ को बीचमा युनिफिलले दैनिक औसत १३७ वटा प्रक्षेपास्त्र प्रहार भएको रेकर्ड गरेको छ, जसमा ...