मुख्य समाचार
जुवा खालबाट १२ जना पक्राउ, एक लाख बढी नगद बरामद
जुवा खालबाट १२ जना पक्राउ, एक लाख बढी नगद बरामद

: सुनसरी प्रहरीले इनरुवा नगरपालिका–६ स्थित शितल सेकुवा कर्नरबाट जुवा (तास) खेलिरहेको अवस्थामा १२ जनालाई खालबाटै पक्राउ गरेको छ । बुधबार राति उक्त स्थानमा मानिसहरू जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरी पुग्दा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले जानकारी दिएका छन् ।

प्रहरीले घटनास्थलबाट नगद १ लाख १ हजार ७३५ र एक बुङ तास बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा इनरुवा नगरपालिका–६ का ४७ वर्षीय जुनलक राई, वडा–९ का २८ वर्षीय ताहिर साफी, वडा–६ का ६० वर्षीय रामप्रसाद चौलागाईं, वडा–८ का ३७ वर्षीय उमेश साह हलुवाई, वडा–६ का ४७ वर्षीय बिनोद बोगटी र घरधनी शितल सेकुवा कर्नरका सञ्चालक ५९ वर्षीय सुरबहादुर राउतलाई पक्राउ गरिएको एसपी थेबेले बताए ।

उनका अनुसार वडा–८ का २९ वर्षीय नजावुल मियाँ तथा २५ वर्षीय अमिर मिया, भोक्राहा नरसिंह गाउँपालिका–२ का २७ वर्षीय फारुक अन्सारी, २२ वर्षीय मफूज अन्सारी, रामधुनी नगरपालिका–९ का ३३ वर्षीय उमेश सदा तथा कोशी गाउँपालिका–१ का ३४ वर्षीय बैजनाथ यादव पनि पक्राउ परेका छन्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको एसपी थेबेले जानकारी दिएका छन् । प्रहरीले जिल्लामा अवैध जुवा–तास तथा अन्य आपराधिक गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए । गम्भीर घाइते भएका ...
। कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले सरकारले भनेअनुसार बैंक खाता खोल्न अस्वीकार गरेका छन् । सरकारले घोषणा गरेअनुसार एकमुष्ट २५ हजार र पछि १५ हजार रुपैयाँ रकम उपलब्ध गराउने योजनाअनुरूप खाता खोल्न भनिए पनि उनीहरूले त्यो अस्वीकार गरेका हुन् । कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुमवासी राजकुमार माझीका अनुसार बुधबार सरकारको तर्फबाट भन्दै प्रभु बैंकको टोली खाता खोलाउन कीर्तिपुर ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता ठगी गर्ने तथा नियम उल्लंघन गर्ने चार वटा व्यावसायिक फर्मलाई ८५ हजार रुपैयाँ नगद जरिबाना तिराएको छ । विभागले बुधबार गरेको बजार अनुगमनमा ती फर्मले उपभोक्ता संरक्षण ऐन प्रतिकूल कार्य गरेको भेटिएपछि उक्त जरिबाना तिराइएको हो । अनुगमन क्रममा ललितपुर धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टललाई ...
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै ...
। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको टिप्पणी गरेका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरूलाई विरोध गर्ने रहर नहुँदानहुँदै सरकारले बाध्य पारेको बताएका हुन् । ‘लड्ने, विरोध गर्ने रहर हुँदैन । हाम्रो रहर पटक्कै छैन । हामी रहरले रमाइलो मानेर ...