मुख्य समाचार
जातीय विभेद र छुवाछुतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने
जातीय विभेद र छुवाछुतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने

: सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय विभेद र छुवाछुतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दलित आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले दलित समुदायको अधिकार संरक्षण र प्रवद्र्धनमा थप सक्रिय भूमिका निर्वाह गर्दै जातीय विभेद र छुवाछुतविहीन समाज निर्माणमा लाग्नुपर्ने बताए ।
दलित समुदायले भोग्दै आएको समस्या, पीडा र चुनौतीप्रति पूर्णरूपले सचेत रहेको भन्दै उनले समस्याको गम्भीरतालाई महसुस गर्दै संसद यसको समाधानका लागि प्रतिबद्ध रहेको धारणा राखे ।



जातीय विभेद र छुवाछुतको अन्त्य केवल सरकार, आयोग वा कुनै एक निकायको जिम्मेवारी मात्र नभई राज्य, राजनीतिक दल, नागरिक समाजलगायत सबैको साझा दायित्व भएको उनले बताए । सभामुख अर्यालले सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तिकरण नभएसम्म पूर्ण परिवर्तन ल्याउन कठिन रहेको जिकिर गरे ।

दलित समुदायको मूल प्रवाहीकरण, सशक्तिकरण तथा समान सहभागिताका लागि आवश्यक कानून निर्माण, संशोधन र कार्यान्वयनको विषयमा संसद पूर्णरूपले गम्भीर रहेको समेत उनले बताए । कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले छुवाछुत, भेदभाव जस्तो गम्भीर अपराधको अन्त्य नहुँदासम्म सामाजिक न्याय प्राप्ति सम्भव नहुने बताइन् ।

समग्रमा छुवाछुत, भेदभाव लोकतान्त्रिक र न्यायिक समाजको बाधक भएकाले अन्त्यका लागि हातेमालो गर्दै सशक्त अभियान सञ्चालन गर्न उनले अपील गरिन् । उनले दलित, अति सीमान्तरकृत, पछाडि पारिएका समुदायको संरक्षण र सशक्तिकरण र विकासको लागि मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताइन् ।

नेपालमा दलित समुदायमाथि हुँदै आएको जातीय भेदभाव तथा छुवाछूत प्रथाको अन्त्य गर्ने प्रणसहित २०६३ साल जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको थियो । उक्त दिनको स्मरणमा त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने गरिएको छ । सरकारले जातीय विभेद र छुवाछुत अन्त्यको घोषणा गरे पनि समाजमा दलित समुदायमाथि अझै पनि विभेद र बहिष्करण भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए । गम्भीर घाइते भएका ...
। कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले सरकारले भनेअनुसार बैंक खाता खोल्न अस्वीकार गरेका छन् । सरकारले घोषणा गरेअनुसार एकमुष्ट २५ हजार र पछि १५ हजार रुपैयाँ रकम उपलब्ध गराउने योजनाअनुरूप खाता खोल्न भनिए पनि उनीहरूले त्यो अस्वीकार गरेका हुन् । कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुमवासी राजकुमार माझीका अनुसार बुधबार सरकारको तर्फबाट भन्दै प्रभु बैंकको टोली खाता खोलाउन कीर्तिपुर ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता ठगी गर्ने तथा नियम उल्लंघन गर्ने चार वटा व्यावसायिक फर्मलाई ८५ हजार रुपैयाँ नगद जरिबाना तिराएको छ । विभागले बुधबार गरेको बजार अनुगमनमा ती फर्मले उपभोक्ता संरक्षण ऐन प्रतिकूल कार्य गरेको भेटिएपछि उक्त जरिबाना तिराइएको हो । अनुगमन क्रममा ललितपुर धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टललाई ...
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै ...
। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको टिप्पणी गरेका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरूलाई विरोध गर्ने रहर नहुँदानहुँदै सरकारले बाध्य पारेको बताएका हुन् । ‘लड्ने, विरोध गर्ने रहर हुँदैन । हाम्रो रहर पटक्कै छैन । हामी रहरले रमाइलो मानेर ...