मुख्य समाचार
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए

: सगरमाथा आरोहण गरी फर्कने क्रममा ‘डेथ जोन’ नजिकैबाट हराइरहेका ओखलढुङ्गाका हिमाल आरोही गाइड दावा शेर्पा (हिलारी दावा) ६ दिनपछि फेला परेका छन् ।

वसन्त ऋतुको आरोहण सिजनको अन्तिम दिन (मे २९) देखि क्याम्प–३ को ‘यल्लो ब्यान्ड’ (७,६०० मिटर) क्षेत्रबाट बेपत्ता भएका शेर्पा आज खुम्बु आइसफलको क्रयाम्पन पोइन्ट नजिकै घस्रिँदै आधार शिविरतर्फ आउँदै गरेको अवस्थामा फेला परेका हुन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले उनलाई देखेर तत्काल उद्धार गरेका थिए ।
यस्तो थियो घटनाको पृष्ठभूमि
‘हिमालयन ट्राभर्स एड्भेन्चर’ मार्फत एक पोलिस पर्वतारोहीलाई गाइड गरेर मे २८ को साँझ ढिलो गरी सगरमाथाको चुचुरो पुगेका दावा फर्कने क्रममा जेठ १५ (मे २९) मा बेपत्ता भएका थिए । उनका पोलिस क्लाइन्टलाई गम्भीर फ्रस्टबाइट भएपछि सँगै रहेका अन्य आरोहीहरू उनलाई बचाउन व्यस्त रहँदा दावा शेर्पा ७,६०० मिटरको उचाइमा थकाइ मार्न बस्दाबस्दै टोलीबाट छुटेका थिए ।

उद्धारमा लापरबाहीको आरोप र आलोचना
दावा शेर्पा हराएको तीन दिनसम्म पनि सम्बन्धित एजेन्सीले सक्रिय रूपमा खोजतलास नगरेको र पर्वतारोहण सिजन सकिएको भन्दै आइसफल डक्टरहरूले खुम्बु आइसफलको बाटो र भर्‍याङहरू समेत हटाइसकेका थिए । ‘सबैले आशा मारिसकेको र हिमाल बन्द भइसकेको अवस्थामा उनी आफै हिउँको कठोर यात्रा पार गर्दै तल ओर्लिएको एउटा अविश्वसनीय खबरले चर्चा पाएको छ । उनलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी प्राप्त भएको पर्यटन व्यवसायी तथा युवा आरोही आङबाबु शेर्पा जानकारी दिए ।

अघिल्लो वर्ष पनि उनी ट्रेकिङकै क्रममा मनाङमा केही समय हराएर पछि फेला परेका थिए । यस पटक लामो समयसम्म (करिब ६ दिन) बिना खाना र अक्सिजन माइनस डिग्रीको चिसोमा बिताएका दावाको हातका औंलाहरूमा गम्भीर ‘फ्रस्टबाइट’ देखिएको छ । अत्यधिक कमजोरीका कारण उनी बोल्न सक्ने अवस्थामा छैनन् । बेसक्याम्पमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ। हिमालमा सहयोगीका रूपमा जाने नेपाली शेर्पाहरूको सुरक्षा र उद्धार बिमाको प्रभावकारितामाथि यो घटनाले पुनः गम्भीर बहस सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए । गम्भीर घाइते भएका ...
। कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले सरकारले भनेअनुसार बैंक खाता खोल्न अस्वीकार गरेका छन् । सरकारले घोषणा गरेअनुसार एकमुष्ट २५ हजार र पछि १५ हजार रुपैयाँ रकम उपलब्ध गराउने योजनाअनुरूप खाता खोल्न भनिए पनि उनीहरूले त्यो अस्वीकार गरेका हुन् । कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुमवासी राजकुमार माझीका अनुसार बुधबार सरकारको तर्फबाट भन्दै प्रभु बैंकको टोली खाता खोलाउन कीर्तिपुर ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता ठगी गर्ने तथा नियम उल्लंघन गर्ने चार वटा व्यावसायिक फर्मलाई ८५ हजार रुपैयाँ नगद जरिबाना तिराएको छ । विभागले बुधबार गरेको बजार अनुगमनमा ती फर्मले उपभोक्ता संरक्षण ऐन प्रतिकूल कार्य गरेको भेटिएपछि उक्त जरिबाना तिराइएको हो । अनुगमन क्रममा ललितपुर धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टललाई ...
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै ...
। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको टिप्पणी गरेका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरूलाई विरोध गर्ने रहर नहुँदानहुँदै सरकारले बाध्य पारेको बताएका हुन् । ‘लड्ने, विरोध गर्ने रहर हुँदैन । हाम्रो रहर पटक्कै छैन । हामी रहरले रमाइलो मानेर ...