। वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने म्यानपावर सञ्चालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
मोरङको रतुवामाई नगरपालिका–८ घर भएका ३७ वर्षीय उद्धव पाठक र रतुवामाई ९ का २५ वर्षीय अभि भण्डारी पक्राउ परेका हुन् ।
भण्डारी रतुवामाई–८ दाम्राभिट्टामा पाठकले सञ्चालन गरेको के एस ए नामक म्यानपावरका लेखापाल र एजेन्ट हुन् । ठगीको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल जानकारी दिए ।
सोमबार साँझ पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ । उनीहरुविरुद्ध उजुरी आउने क्रम जारी रहेकाे प्रहरीले जनाएकाे छ । बुधबारसम्म ९२् जनाले करिब साढे ३ करोड बिगोदाबीसहित इलाका प्रहरी कार्यालय सिजुवामा जाहेरी दिएका छन् । उजुरी आउने क्रम बढ्दाे रहेकाे प्रहरीले जनाएकाे छ ।
रतुवामाईमा म्यानपावर कम्पनी खोलेर पाठकले तीन सय बढीलाई ठगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पाठक र भण्डारीविरुद्ध ६ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु प्रहरीले जनाएकाे छ ।
पाठकले विदेश पठाउने भन्दै ४ वर्षयता पैसा लिएर मान्छे पठाएका थिएनन् । पाठकविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा, उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र काठमाडौंमा उजुरी परेको छ । रोमानियामै बस्दै आएका पाठक करिब एक महिनाअघि मात्रै नेपाल आएका थिए ।