मुख्य समाचार
खिम्ती जलविद्युत्‌काे सेयर स्वामित्व हस्तान्तरण विषयमा अध्ययन गर्न वार्ता समिति पुनर्गठन
खिम्ती जलविद्युत्‌काे सेयर स्वामित्व हस्तान्तरण विषयमा अध्ययन गर्न वार्ता समिति पुनर्गठन

। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको सेयर स्वामित्व हस्तान्तरण र आगामी दिनमा सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल अघि बढाउन बनेको वार्ता समितिको पुनर्गठन गरेको छ ।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो ।




समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानी लगायत विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्ने छ ।

खिम्ती जलविद्युत् आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडेल अन्तर्गत हिमाल पावर लिमिटेडले प्रवर्द्धन गरेको हो । आयोजनाले २७ असार २०५७ देखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो ।




विद्यमान् सम्झौता अनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व विद्युत् प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था छ । तर, विविध कारण हुन सकेको छैन ।

योसँगै आयोजनाबाट उत्पादित विद्युत्को नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा करसम्बन्धी व्यवस्था पनि टुंगो लगाउनुपर्ने छ ।

त्यस्तै प्राधिकरण सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति पनि गठन गरिएको छ । उक्त समितिले विद्युत् महसुल, जरिबाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवाद पुनरावलोकन र समाधानका लागि काम गर्ने छ ।

सञ्चालक समिति बैठकले प्राधिकरणमा रिक्त विभिन्न पदमा पदपूर्ति प्रक्रिया अघि बढाउन प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति कावासोतीबाट नारायणगढतर्फ आइरहेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकलमा सवार नवलपुरको मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण ...
। महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पर्याप्त कानूनहरू निर्माण भएपनि सामाजिक चेतनाको अभावका कारण जातीय छुवाछुत तथा भेदभाव विरुद्धका कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । बिहीवार ललितपुरमा आयोजित राष्ट्रिय दलित आयोगको एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरे । महान्यायाधिवक्ता कँडेलले नेपालमा जातीय छुवाछुत र भेदभावलाई कसूर मान्ने कानून आएको १९ वर्ष बितिसक्दा पनि ...
। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । उनले सन्देशमार्फत् भनेका छन्, ‘विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन ...
। प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले धेरै महंगो भएकाले नेपालले फरेन्सिक ल्याब धेरै बनाउन नसक्ने बताएका छन् । बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरू प्रदेश प्रदेशमा त्यस्ता खालको ल्याबहरू बनाउनुपर्ने आवश्यकताा औंल्याएपछि उनले यस्तो बताएका हुन् । उक्त ल्याबका लागि आवश्यक ...
। भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् । उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् । उनीहरुले राम मन्दिर दर्शन तथा पूजा गरेका छन् । रवि नेतृत्वको प्रतिनिधि मण्डल आजै काठमाडौं फर्किंदै छ । आजै रास्वपा नेता समेत ...