मुख्य समाचार
कोरला भन्सार हुँदै नेपाल भित्रिएका ७ सय ८२ विद्युतीय गाडी (ईभी) प्रकरणमा भन्सार अधिकारी र सम्बन्धित व्यवसायी छानबिनमा
कोरला भन्सार हुँदै नेपाल भित्रिएका ७ सय ८२ विद्युतीय गाडी (ईभी) प्रकरणमा भन्सार अधिकारी र सम्बन्धित व्यवसायी छानबिनमा

: मुस्ताङको कोरला भन्सार हुँदै नेपाल भित्रिएका ७ सय ८२ विद्युतीय गाडी (ईभी) प्रकरणमा भन्सार अधिकारी र सम्बन्धित व्यवसायी छानबिनमा तानिने भएका छन्। बजेट भाषणमार्फत करको दरको सूचना चुहावट गरी अवैध रूपमा ईभी प्रवेश गराएकोमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको हो।

अधिकांश बीवाईडीका गाडी रहेको यस प्रकरणमा अर्थ मन्त्रालय र भन्सार विभाग दुवै निकायले बेग्लाबेग्लै रूपमा समिति गठन गरिसकेको छ। ‘रसुवा भन्सारदेखि केन्द्रकै को–को कर्मचारीको मिलेमतो छ भन्ने समितिले एकिन गर्नेछ। बीवाईडीका नेपालका व्यवसायीसमेत छानबिनमा परेका छन्, सरकारी स्रोतले अन्नपूर्णलाई बतायो।

भन्सार कर छल्ने उद्देश्यले कागजात मिलाएर कार भिœयाएको आशंकामा अघिल्लो दिन उक्त परिमाणका ईभी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र शाहका अनुसार नियन्त्रणमा लिइएका गाडीमध्ये मुस्ताङको जोमसोमबाट करिब २ सय ६५ वटा, नेचुङ (कोरला नाका) बाट करिब ३ सय ९८ वटा, पर्वतबाट १७ वटा, कास्कीबाट ९८, नुवाकोटबाट २ र धादिङ आदमघाटबाट २ रहेका छन्। नियन्त्रणमा परेका अधिकांश गाडी बीवाईडी ब्रान्डका छन्। उक्त ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ती गाडी झिकाएको हो।

डीआईजी शाहका अनुसार बुधबार राति र बिहीबार बिहान गरी ती कार नियन्त्रणमा लिइएका हुन्। भन्सार प्रक्रिया र राजस्वसँग सम्बन्धित केही शंकास्पद विषय देखिएपछि गाडीहरू नियन्त्रणमा लिइएको उनले सुनाए। ‘हिजो (बुधबार) राति सशस्त्र प्रहरीले केही ईभी गाडीहरू नियन्त्रणमा लिएको छ। भन्सार प्रक्रिया र राजस्वको विषयमा केही शंकास्पद कुराहरू देखिएको हुनाले ती गाडीहरू नियन्त्रणमा लिइएका हुन्,’ शाहले भने, ‘यस विषयमा भन्सारका कागजातहरू र प्रज्ञापनपत्र हेरेपछि मात्र थप कुरा स्पष्ट हुनेछ। त्यसपछि प्रक्रियाअनुसार सम्बन्धित निकायलाई बुझाउने वा के गर्ने भन्ने निर्णय हुन्छ।’ छानबिनका लागि गठत समितिले भन्सार प्रक्रिया कानुनी रूपमा पूरा भए, नभएको र क–कसको संलग्नता रहेको भनेर बुझ्ने भएको छ। सशस्त्र प्रहरीले बजेटमार्फत विद्युतीय गाडीमा भन्सार दर घटेपछि गाडी भित्राएर पुरानै मितिमा ल्याएको कागजात तयार गरेको आशंका गरेको छ। यसमा भन्सार कर्मचारी र एजेन्टहरूको समेत मिलेमतोको सूचना सरकारसम्म पुगेपछि सशस्त्रले गाडी नियन्त्रणमा लिएको हो।

अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेपछि ५० लाख रुपैयाँभन्दा मुनिका विद्युतीय गाडीको भन्सार घट्ने घोषणा गरेका थिए। ५० लाखभन्दा माथिकाको भने बढेको उनको भनाइ थियो। सोही आधारमा भन्सार घटबढबाट फाइदा निकाल्ने उद्देश्यसहित ती गाडी पुरानै मितिमा भित्र्याएको प्रमाण तयार गरेको आशंका गरिएको छ।

‘ती गाडीहरू बजेट आउनुअघि वा पछि जहिले भित्रिएको भए पनि भन्सारको नियमअनुसार प्रक्रिया पुगेको छ कि छैन भन्ने मुख्य कुरा हो,’ डीआईजी शाहले भने, ‘भन्सारमा तिर्नुपर्ने रकममा केही कमी भएको छ कि भन्ने सूचना र आशंकाका आधारमा राजस्व चुहावट नियन्त्रण गर्ने हाम्रो जिम्मेवारीअन्तर्गत यो कारबाही गरिएको हो।’ उनले हाल सबै गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको र कागजात परीक्षणपछि भन्सार कार्यालयलाई जिम्मा लगाइने जानकारी दिए।

‘अहिले सबै गाडीहरू सशस्त्र प्रहरीको नियन्त्रणमा छन् र भन्सार अधिकारीहरूले कागजात जाँच गरेपछि हामी ती गाडीहरू भन्सारलाई नै जिम्मा लगाउँछौं,’ शाहले भने। नियन्त्रणमा परेका गाडीहरूको कुल बजार मूल्य कति हो भन्ने विषयमा भने यकिन विवरण सार्वजनिक भएको छैन। शाहले त्यसबारे तत्काल जानकारी दिन सकिने अवस्था नरहेको बताए। यसैबीच, अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले भन्सार नाका भएको गतिविधि हुँदा यसको तालुदार निकाय भनेको भन्सार विभागले आवश्यक कारबाही गरिरहेको जानकारी दिए।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भने नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन (ईभी) का सम्बन्धमा विभिन्न सञ्चार माध्यम र सार्वजनिक वृत्तमा उठेका चासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले स्पष्टीकरण जारी गर्दै कर परिवर्तनबाट बच्न सरकारी निकायसँग समन्वय गरी अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार रहेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...
। भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभामा बाढीपछिको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिँदै समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताए ...
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम