मुख्य समाचार
सभामुख डोलप्रसाद अर्यालले नयाँ पुस्ताको भावना र बदलिदो परिस्थिति अनुसार संविधान संशोधन गरिने बताए
सभामुख डोलप्रसाद अर्यालले नयाँ पुस्ताको भावना र बदलिदो परिस्थिति अनुसार संविधान संशोधन गरिने बताए

। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नयाँ पुस्ताको भावना र बदलिदो परिस्थिति अनुसार संविधान संशोधन गरिने बताएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौं जिल्ला सभा तथा समीक्षा कार्यक्रम उद्घाटन गर्दै सभामुख डोलप्रसाद अर्यालले आवश्यकताको आधारमा कानुन पनि बन्ने र संविधान संशोधन पनि हुने बताएका हुन् ।
‘यतिका वर्ष जनताले राज्य भएको महसुस गरेनन्, संविधान बनेको यत्तिका वर्षमा आवश्यक कानुन बन्न सकेन, न्यायालयबाट न्याय पाउन सकेनन् । अब नयाँ पुस्ताको भावना र बदलिदो परिस्थिति अनुसार संविधान संशोधन गरिनेछ,’ उनले भने, ‘आवश्यकताको आधारमा कानुन बन्छ, संविधान संशोधन हुन्छ । त्यसका लागि सबै दल एकसाथ हुनुपर्छ ।’

कार्यक्रममा सभामुख अर्यालले संविधानको धारा ५६ ले संघ, प्रदेश र स्थानीय तहलाई राज्य शक्तिको प्रयोग गर्ने सरकारका तीन तहका रूपमा परिभाषित गरेको तथा यी तीन तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई संघीय शासन प्रणालीको आधारका रूपमा स्थापित गरेको जानकारी दिँदै संघीयताको सफलता कागजमा लेखिएका अधिकारबाट नभएर ती अधिकारहरूले जनताको जीवनमा ल्याएको परिवर्तनबाट मापन हुने बताए ।

‘संघीयताको वास्तविक परीक्षण सिंहदरबारमा होइन, स्थानीय तहको सेवा प्रवाहमा हुन्छ,’ उनले भने ।

संविधानले स्थानीय सरकारलाई प्रदान गरेका अधिकार, जिम्मेवारी र अवसरहरूलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा रूपान्तरण गर्नु आजको साझा दायित्व रहेको उनको भनाइ छ ।

सभामुख अर्यालले संघीयताको अभ्याससँगै जिल्ला समन्वय समितिको भूमिका, प्रभावकारिता र औचित्यबारे विभिन्न बहसहरू भए पनि संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य र साझा विकासको भावनालाई व्यवहारमा उतार्न जिल्ला समन्वय समितिको भूमिकालाई समयानुकूल रूपमा थप सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको बताए ।

‘संविधान संशोधन वा संघीय संरचनाको पुनरावलोकन सम्बन्धी विषयहरू भविष्यका लोकतान्त्रिक बहसका विषय हुन सक्छन्, तर वर्तमान अवस्थामा संविधानले दिएको भूमिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु नै हाम्रो प्राथमिक दायित्व हो,’ उनले भनेका छन् ।

नवौं जिल्ला सभा तथा समीक्षा कार्यक्रममा प्रतिनिधि सभा सदस्य बदन भण्डारी, मधु चौलागाईं र डा राम लामा तथा बागमती प्रदेशका सदस्य लक्ष्मण लम्साल, रत्न ढकाल र रुकु चौलागाईं सहभागी थिए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका १३ पालिकालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रहरीले सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको हो । यद्यपि उनीमाथि कुन कसूरमा प्रहरीले सोधपुछ गरेको भन्नेबारे प्रहरी अधिकारीहरूले खुलाएका छैनन् । उनलाई मुद्दा ...
। ओखलढुंगामा एक पुरुषको शव फेला परेको छ । सिद्धिचरण नगरपालिका–४ टारीखेतस्थित कुलोमा खोटाङ हलेसीतुवाचुङ नगरपालिका–९ हलेसी सल्ले घर भएका ५५ वर्षीय रत्न बहादुर मोहोराको शव भेटिएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
। रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो । रास्वपा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत १८ गते नयाँ दिल्ली गएका थिए । भाजपाको निमन्त्रणामा दिल्ली गएका उनी त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन् ...
। रोल्पामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । बिहीबार रुन्टीगढी गाउँपालिका–९ सखीका ४४ वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा फेला परेका हुन् । मृतक नेपाली क्षयरोगका बिरामी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर कृष्ण श्रेष्ठले ...
। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति कावासोतीबाट नारायणगढतर्फ आइरहेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकलमा सवार नवलपुरको मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण ...