मुख्य समाचार
काठमाडौंमा ट्याक्सीको ठक्करबाट गोरखाका ४ वर्षीय बालकको मृत्यु
काठमाडौंमा ट्याक्सीको ठक्करबाट गोरखाका ४ वर्षीय बालकको मृत्यु

: काठमाडौंको तारकेश्वरमा भएको सवारी दुर्घटनामा ताप्लेका ४ वर्षीय बालकको मृत्यु भएको छ। तारकेश्वर-९ फुटुङ्ग ग्याडोलस्थित सडकमा भएको सवारी दुर्घटनामा बागमती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको ट्याक्सीको ठक्करबाट गोरखा नगरपालिका-२ ताप्ले घर भई मनमैजु बस्ने साबित्रा बानियाँ केसीको छोरा स्पर्श बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका उनको ईशान बाल अस्पताल बसुन्धारामा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीको भनाइ छ। ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले चालकले मापसे ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सिनियर नेताहरुलाई तथ्यमा आधारित कुरा बोल्न निर्देशन दिएका छन् । संगठन विभागले गरेको कार्यशालामा भाग लिन आएका सिनियर नेताहरुलाई यथार्थ कुरा नबोल्दा पार्टीले सही सूचना नपाउने महासचिव पोखरेलले बताए । ‘कार्यकर्तातिर जाँदा एउटा कुरा गर्ने, नेतासँग आउँदा अर्को कुरा गर्नुभयो भने पार्टीले सही कुरा प्राप्त गर्नै सक्दैन,’ पोखरेलले भने, ...
। अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएर व्यावसाय गरिरहेका दुई जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भिसाको उद्देश्यविपरीत नेपाल बसेर व्यावसायिक गतिबिधिमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । विभागका अनुसार उनीहरू सन् २०२४ मा चीनस्थित तिब्बत हुइदा इन्टरनेसनल ट्रेड तथा जिजाङ साङ चेन्ग हेल्थ इन्डस्ट्रीका बजार विश्लेषकका ...
। वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायी विरुद्ध परेका पुराना उजुरी तथा निवेदन चाँडो टुंग्याउ निर्देशन दिएको छ । श्रम स्वीकृति लिएर विदेश गएका तथा विभिन्न समस्यामा परेका वा विदेशबाट फर्किएका श्रमिकले दर्ता गराएका उजुरी तथा निवेदन चाँडो टुंग्याउन सम्बन्धित म्यानपावर व्यवसायीलाई विभागले निर्देशन दिएको हो । विभागले एक सूचना जारी गर्दै राहत तथा उद्धार शाखामा दर्ता भएका ...
। झापाको अर्जुनधारामा बिहीबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । अजुनधारा नगरपालिका–११ का ४४ वर्षीय सागर भनिने डम्बर हस्दाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाका अनुसार स्थानीय कालीमन्दिर नजिकै हिले खोलामा हस्दा करेन्ट लगाएर माछा मारिरहेका थिए । सोही क्रममा करेन्ट लागेर उनी ढलेका ...